इसेवाको १२ औं वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांश वितरणको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2025 | 10:56:41 AM मा प्रकाशित

laxmi sunrise bank

नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडले आफ्नो १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफानोक्सान विवरण, नगद प्रवाह विवरणलगायतका वित्तीय प्रतिवेदनहरूमाथि छलफल गरी पारित गरिएको छ। 

साथै, नगद लाभांश वितरणका विषयमा समेत निर्णय गरिएको छ। 

मोबाइल टपअप सेवा मार्फत सुरु भएको इसेवाले हाल २,००० भन्दा बढी सेवाहरू, जस्तै इन्टरनेट, बिजुली, खानेपानी महसुल, हवाइजहाज र बस टिकट, स्कुल-कलेज शुल्क, होटल बुकिङ, ब्लूबुक र डिम्याट खाता नविकरण, इन्स्योरेन्स शुल्क लगायतका भुक्तानी सेवा प्रदान गरिरहेको छ। इसेवाले इजी लोन, इ स्पिकर, र मर्चेन्ट लिङ्क जस्ता नयाँ सुविधाहरू पनि सुरू गरेको छ।

हाल इसेवामा ४९ बैंक तथा वित्तीय संस्थाहरू साझेदार छन्। इसेवाका प्रयोगकर्ताहरूको संख्या १ करोड ३० लाख नाघेको छ भने करिब २ लाख ८० हजार एजेन्टहरूमार्फत सेवा प्रदान भइरहेको छ।

कार्यक्रममा इसेवाका अध्यक्ष पर्शुराम कुँवर क्षेत्री, कार्यकारी प्रमुख जगदीश खड्का, र सञ्चालक समितिका सदस्यहरूको उपस्थिति थियो। प्रमुख कार्यकारी खड्काले इसेवाले नेपालमा पहिलो पटक प्रयोगकर्ताले निर्देशनअनुसार सीमित विद्युतीय कारोबार गर्न सक्ने सुविधा सुरुवात गरेको र भविष्यमा बचत तथा लगानी जस्ता नवीनतम सेवाहरू थपेर ग्राहकहरूको हित र वित्तीय व्यवस्थापनलाई सहज बनाउने लक्ष्य राखेको जानकारी गराए।

इसेवाले डिजिटल भुक्तानीको क्षेत्रमा नयाँ आयाम थप्दै नेपालको वित्तीय प्रणालीमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved