सौरभका १६ सारथीः हजारौँलाई रोजगारी दिएकादेखि खर्बौ कर तिर्नेसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2020 | 11:26:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभा आजबाट सुरु हुँदैछ । मंसिर १३ गते निर्वाचन हुने भएकाले यस पटकको साधारणसभा विशेष छ । साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् । 

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने भएकाले आगामी कार्यकालको लागि शेखर गोल्छा अध्यक्ष बन्दैछन् । उनले वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र उनको समूहले निर्वाचन जिते आफूलाई काम गर्न सहज हुने बताउँदै प्रधान प्यानललाई समर्थन गर्दै आएका छन् । प्रधान प्यानलबाट एसोसियठ्स उपाध्यक्षका उम्मेद्वार छन् सौरभ ज्योति । 

ठूलो व्यवसायीक घराना ‘ज्योति ग्रुप’ लाई कुशलता पूर्वक हाँकिरहेका सौरभ ज्योति कम बोल्ने मात्रै नभई कुरा बुझेपछि मात्रै आफ्नो धारणा राख्ने अध्ययनशील उद्योगीका रुपमा चिनिन्छन् । उनी मात्रै नभई उनको समूहका १७ जना सदस्यका दाबेदारहरुले नेपालको अर्थतन्त्रमा वार्षिक खर्बौ रुपैयाँ राजश्व योगदान गर्दै आएका छन् । अनुभवी र युवा पुस्ता समेटिएको ज्योतिको समूह आवश्यकता अनुसार निर्णय क्षमतामा अब्बल मानिन्छ । 

सदस्यहरु को के मा अब्बल ?

ज्योत्सना श्रेष्ठः मेरिगोल्ड ज्वेलर्स, एस.जे.एस. इन्टरनेसनल प्रा.लि, होटल मेची क्राउन झापा, श्री सयपत्री ज्वेलर्स र गजुर ट्रेड इन्टरनेसनल प्रा.लि.को नेतृत्व गरिरहेकी व्यक्ति हुन् ज्योत्सना श्रेष्ठ । नेपाल उद्योग वाणिज्य महासंघमा २ कार्यकाल पूरा गरिसकेकी उनी महिला उद्यमीहरुलाई नजिकबाट बुझेकी र उनीहरुका समस्या सम्बन्धित ठाउँमा जबरजस्त ढंगबाट राख्न सक्ने क्षमता भएकी व्यक्ति हुन् । महिलाहरु पनि व्यवसायिक नेतृत्वकर्ता हुन सक्छन् भन्ने दर्बिलो उदाहरण प्रस्तुत गरेकी उनी सौभर ज्योतिको समूहबाट एसोसियट तर्फबाट महासंको केन्द्रीय सदस्यमा उम्मेद्वार छिन् ।

शाहिल अग्रवालः नेपालको पायोनियर व्यावसायिक घराना मानिने शंकर ग्रुपका प्रवन्ध निर्देशक हुन् शाहिल अग्रवाल । स्टिल÷डण्डी, सिमेन्ट, उर्जा, एफएमसीजी, कृषि, टोबाको, स्प्रिट, अटोमोबाइल्स्, प्लास्टिक, हस्पिटालिटी, टेक्सटाइल, रियलस्टेट जस्ता दर्जन बढी व्यवसायलाई उनले अघि बढाउँदै आएका छन् । महासंघमा यसअघि पनि एसोसिएट सदस्यका रुपमा काम गरिसकेका अनुभवी अग्रवाल युवा पुस्ताले रुचाउने उम्मेद्वार हुन् । 

विजय सिंह वैद्यः शालिमार ग्रुप अफ नेपालको नेतृत्व गरिरहेका व्यक्ति हुन् विजय सिंह वैघ । यो समूहले लगानी गरेका सफल उद्योगहरु शालिमार सिमेन्ट, शालिमार स्टिल, शालिमार पूmड तथा हस्पिटालिटी र शालिमार होम्स् प्रा.लि. आदि सफल हुनुमा विजय सिंह वैद्यकै योगदान छ । उनी पनि महासंघमा पनि दुई कार्यकाल सदस्यको रुपमा बसिसकेका छन् । 

कृष्ण प्रसाद दुलालः अटोमोबाइल्स व्यवसायको क्षेत्रमा प्रख्यात नाम हो, कृष्ण प्रसाद दुलाल । उनी नाडा ओटोमोबाइल्स डिलर्स एसोसियसनको अध्यक्ष पनि हुन् । पूर्वाञ्चल ल्युब आयल, मेगा लुब्रिकेन्ट, दुलाल ब्रदर्स, सत्कार मेसिनरी, कलश अटो प्रा.लि., नेपालीरिका होटलमा आवद्ध रहेका दुलाल निर्णय क्षमता, कार्य कौशलतामा अब्बल मानिन्छन् । यसका अलवा उनले हरेक वर्ष दशैँ अगाडी आयोजना हुने (यस वर्ष भने कोरोनाका कारण नभएको) ‘नाडा अटो शो’ को दुई पटक संयोजक भएर सफल पारिसकेका छन् । 

हेमन्त गोल्छाः नीजि क्षेत्रबाट नेपालमै सबैभन्दा धेरै रोजगारी सिर्जना गरेको ठूलो व्यवसायीक घरना हो गोल्छा अर्गनाइजेसन । गोल्छा अर्गनाइजेसनले रेमिट्यान्स, अटोमोबाइल रियल इस्टेट र कन्ष्ट्रक्सन इक्वीपमेन्टमा लगानी गरेको छ । औषधि उद्योग पनि सुरु गरिसकेको यो समूहमा अब्बल मानिने हेमन्त गोल्छा सौरभ ज्योतिका भरपर्दा सारथी हुन् ।

रञ्जितराज आचार्यः नेपालको विज्ञापन बजारमा सधैँ सुनिने नाम हो रञ्जितराज आचार्य । साँघुरिएको विज्ञापन बजारलाई फराकिलो बनाउन उनले प्रिज्मा एड्भजाईजिङमार्फत काम गर्दै आएका छन् । योसँगै निलबाराही फिल्म्स, स्पार्क टेक्नोलोजी जस्ता संस्थालाई सफलतापूर्वक डोहोर्याइरहेका आचार्य महासंघको नीतिगत विषयमा हुने छलफलमा निर्णायक मत राख्ने व्यवसायीका रुपमा चिनिन्छन् ।

राजेशकुमार अग्रवालः अग्रवाल परिवारले नेपालको औद्योगिक विकासमा पुर्याएको योगदानको विरासत धान्दै छन् राजेशकुमार अग्रवाल । सिद्धार्थ ग्रुप, सिद्धार्थ सिमेन्ट, सिद्धार्थ आयल उद्योग, सिद्धार्थ मिनरल, श्री स्टिल, अर्घाखाँची सिमेन्ट, एक्सन पोलिमार, एसिएन कंक्रिटो जस्ता दर्जन बढी उद्योग र व्यवसायमा रहेका अग्रवाल नीतिगत तहमा उद्योगी र व्यवसायीका समस्या राख्न सक्ने र करोडौँ रुपैयाँ राजश्वमा योगदान गर्ने उद्योगी हुन् । व्यवसायीका असजिला सम्बन्धित निकायमा राख्ने क्रममा उनी आक्रामक पनि हुने गर्दछन् । 

अशोककुमार टेमानीः अशोक कुमार टेवानीको नाम महासंघमा नीतिगत समस्या समाधानमा योगदान पुर्याउने व्यक्तिको सूचीमा सायद पहिलो नम्बरमा आउने गर्छ । उनले यासा ग्रुप अफ कम्पनिज्, यासा केमिकल उद्योग, ए एण्ड ए रियल स्टेट डेभलपर्स जस्ता कम सुनिने तर औधी योगदान दिने व्यवसायिक क्षेत्रको नेतृत्व गरिरहेका छन् । 

आनन्द बगरियाः नेपालको कृषि क्षेत्रलाई व्यवसायीक रुपमा अघि बढाउने लक्ष्यका साथ मैदानमा उत्रिएका अब्बल व्यवसायी हुन आनन्द बगरिया । कृषिमा आत्मनिर्भर बन्ने लक्ष्य लिएर निम्बस ग्रुपलाई देशव्यापी रुपमा विस्तार गरिरहेका बगरिया कृषि मैत्री नीति, उत्पादन मुखी अर्थतन्त्र निर्माण गर्नुपर्छ भनेर लागिरहने अभियान्ता हुन् । उनले आफ्नै निम्बस ग्रपमार्फत दर्जनौ कम्पनी चलाईरहेका छन् । 

प्रवलजङ्ग पाण्डेः औषधि उत्पादकको सूचीमा पहिलो नम्बरमा आउने नाम हो प्रवलजङ्ग पाण्डे । लोमस ग्रुपका निर्देशक समेत रहेका पाण्डे औषधि, सिमेन्ट, हाइड्रोपावर, बैंक तथा वित्तीय संस्था, अटोमोबाइल्स्, एभिएसन, हेल्थकेयरमा आफ्नो लगानीसहित नेतृत्व गरेका सफल उद्योगी हुन् । उनी महासंघको कार्यकारीणी सदस्यको रुपमा काम गरिसकेका अनुभवी व्यक्ति पनि हुन् ।

मङ्गेशलाल श्रेष्ठः युवा उद्योगीका रुपमा चिनिने मङ्गेशलाल श्रेष्ठ कास ग्रुप अफ कम्पनिज्का निर्देशक हुन् । बैंक तथा वित्तीय संस्था, फिनटेक, क्लाउड टेक्नोलोजी, हेल्थकेयर आदिमा आवद्ध रहेर युवा उमेरमा नै मूलुकको अर्थतन्त्रमा योगदान दिँदै आएका उनीमा युवा जोश र जाँगर भरिपूर्ण छ ।

सुनिल नारायण श्रेष्ठः नेपाल उद्योग वाणिज्य महासंघको बैंकिङ समितिमा बसेर काम गरिसकेका अनुभवी व्यक्ति हुन् सुनिल नारायण श्रेष्ठ । नारायणी इन्डष्ट्रियल एंड ट्रेडिङ हाउस, पेट्रोलियम प्रडक्ट, बैंक तथा इन्स्योरेन्स, होटल लगायतमा लगानी गरेर सफल व्यवसायीको रुपमा उभिएका श्रेष्ठ सौरभ ज्योतिको भरपर्दो सारथीका रुपमा खडा भएका छन् । 

शैलेन्द्र गुरागाईंः नीजि क्षेत्रबाट जलविद्युतको विकास, प्रवद्र्धन र उत्पादनमा योगदान पुर्याउँदै आएको गुरागाईँ सालिन र भद्र स्वभावका व्यवसायी हुन् । स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) का निवर्तमा अध्यक्ष समेत रहेका उनी एनगडी ग्रुप, सुपर एनगडी हाइड्रोमा आवद्ध छन् ।

उदीप श्रेष्ठः पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशन रहेका उदीप श्रेष्ठ युवा उद्यमी मञ्चको उपाध्यक्षको रुपमा काम गरिसकेका युवा उद्यमी हुन् । स्टिल, उर्जा, कृषि, अटोमोबाइल्स् लगायतमा क्षेत्रमा आवद्ध श्रेष्ठलाई निर्णय क्षमतामा अब्बल मानिन्छ ।

मदनलाल जोशीः गोदावरी फोरेस्ट होटेल र फर्निचर ल्यान्ड स्टोरलाई प्रत्यक्ष रुपमा प्रतिष्ठित बनाएका मदनलाल जोशी केही बैंक तथा वित्तीय संस्थाका पनि लगानीकर्ता हुन् । 

शक्ति कुमार बेगानीः निकै प्रचलित नाम गणपति ज्वेलर्सका प्रमुख कार्यकारी रहेका शक्ति कुमार बेगानी बेगानी ग्रुप हाकिरहेका छन् । खाद्यान्न, स्टिल, रियल स्टेट, र प्लास्टिक उद्योगमा संलग्न रहेका उनी महासंघमा यसवर्ष बस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा पुग्ने दौडमा छन् ।

तस्बिरः सौरभ ज्योतिको सचिवालय

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved