महासंघका नवनिर्वाचित पदाधिकारी र उद्योगमन्त्रीबीच भेटवार्ता

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Dec 04, 2020 | 10:40:10 AM मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरू र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टबीच भेटवार्ता भएको छ । उद्योग मन्त्रालयमा बिहीबार महासंघका पदाधिकारीहरु र मन्त्रीबीच भेटवार्ता भएको हो । 

भेटमा महाशंघका अध्यक्ष गोल्छाले कोभिड पश्चात उद्योग व्यवसाय सहित समग्र अर्थतन्त्रको पुनरूत्थानका लागि सुझावहरू तयार गर्ने कार्यको शुरूवात गरिएको बताए । अध्यक्ष गोल्छाले अन्तराष्ट्रिय संस्थाको समेत सहयोगमा मुलुकको “भिजन डकुमेन्ट” तयार गर्ने कार्यलाई अगाडी बढाएको र डकुमेन्ट तयारी पछि सरकारबाट स्वीकृत गराई सहकार्यमा लगिने समेत बताए । 

त्यस्तै विभिन्न कारणले यतिवेला गुमनाम हुन पुगेका कुनै समयका नेपालका स्थापित निर्यातमुलक उद्योगहरूको पुनरूत्थान गरी यूवाहरूलाई रोजगारी दिनसके प्रतिवर्ष ठूलो परिमलणमा भारततर्फ जाने विप्रेषण समेत रोक्न सकिन उनले बताए । यसका साथै लामो समयदेखि बन्द चलचित्र उद्योगहरू स्वास्थ्यका सवै प्रोटोकलहरू कायम गरी अविलम्व संचालन गर्नुपर्नेमा उनले जोड दिए । 

कार्यक्रममा मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ, रामचन्द्र संघई  र कोषाध्यक्ष सुकुन्तलाल हिराचन र उद्योग विभागका महानिर्देशक जीवलाल भुषालको सहभागीता रहेको थियो । 

भेटमा उद्योगमन्त्री भट्टले महासंघका पदाधिकारीहरूबाट आएका सुझावहरू निकै महत्वपूर्ण रहेको बताए ।  त्यस्तै उनले मन्त्रालयले छिट्टैनै महासंघ लगायतका अन्य व्यवसायिक संघ संस्थाहरू, सरोकारवाला सरकारी निकायहरू समेतको सहभागितामा एक कार्यक्रमको आयोजना गरी उद्योग व्यवसायको विकासमा ठोस निश्कर्षमा पुग्ने योजना मन्त्रालयको रहेको समेत जानकारी गराए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved