महासंघ बागमती प्रदेशको बस्तुगत एसोसियट उपाध्यक्षमा दुर्गाराज श्रेष्ठको उम्मेदवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2020 | 11:19:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वितरक संघका निवर्तमान अध्यक्ष दुर्गाराज श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशको बस्तुगत एसोसियट उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका संस्थापक सह कोषाध्यक्षसमेत रहेका श्रेष्ठले आफूले बागमती प्रदेश महासंघको बस्तुगत एसोसियट उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेको बताएका छन् । 

बागमती प्रदेश उद्योग वाणिज्य महासंघसँगमा आवद्ध वस्तुगत र एशोसीयट सदस्यहरुको तर्फबाट एकल उम्मेद्वारका रुपमा उभिएका श्रेष्ठले आफू सर्वसम्मत विजयी हुनेपनि दाबी गरेका छन् । धेरै आकांक्षीहरुका बीचबाट सबैको सहयोगले आफू सर्वसम्मत उम्मेद्वार चयन भएको श्रेष्ठले बताए ।

महासंघको बागमती प्रदेशको अध्यक्षका लागि दिलसुन्दर श्रेष्ठले यसअघि नै उम्मेद्वारी घोषणा गरिसकेका छन् । १३ जना निर्वाचित र २ जना मनोनित गरी १५ सदस्यीय हुने कार्यसमितिमा धेरै जना आकांक्षी देखिएका छन् । आकांक्षीहरु धेरै देखिएपछि अध्यक्षका उम्मेद्वार श्रेष्ठले सबैलाई मिलाउने प्रयास जारी राखेको बताएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved