महासंघको बागमती प्रदेश कार्यसमिति निर्विरोध निर्वाचित, अध्यक्षमा दिल सुन्दर श्रेष्ठ (सुची सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2020 | 06:14:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेशका नयाँ कार्यकारिणी समितिका पदाधिकारी तथा समितिका सदस्यहरु सर्वसम्मतले निर्विरोध निर्वाचित भएका छन्। प्रदेशको चौथो प्रदेश सभाबाट बागमती प्रदेश अध्यक्ष, उपाध्यक्ष सहित सम्पूर्ण कार्यकारिणी समितिका सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन्। 

महासंघको बागमती प्रदेश अध्यक्षमा दिलसुन्दर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। महासंघको तत्कालिन केन्द्रिय समिति सदस्य तथा  मेला समिति संयोजक समेत रहेका श्रेष्ठलाई धुलिखेल उद्योग बाणिज्य महासंघले अध्यक्षको लागि प्रस्ताव गरेको थियो। श्रेष्ठ धुलिखेल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष समेत हुन्। 

त्यस्तै बस्तुगत एसोसिएट तर्फको उपाध्यक्षमा दुर्गा राज श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका संस्थापक सह कोषाध्यक्षसमेत रहेका श्रेष्ठ नेपाल वितरक संघका निवर्तमान अध्यक्ष हुन्। 

उपाध्यक्षमा सबिन श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षमा गुणराज श्रेष्ठ निर्वाचित भएका छन्। 

त्यस्तै कार्यकारिणी समिति सदस्यहरुमा  श्याम थापा, कैलाश पलान्चोके, शिव प्रसाद मानन्धर, जीवनकाजी माकजु श्रेष्ठ, हेमराज रिमाल र बस्तुगत क्षेत्रबाट बिरेन्द्रनाथ भट्टराई र एसोसिएट तर्फबाट प्रदिप मान प्रधान निर्विरोध निर्वाचित भएका छन्।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved