दिलसुन्दर श्रेष्ठ महासंघको बागमती प्रदेश अध्यक्षमा निर्विरोध निर्वाचित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2020 | 06:23:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्षमा दिल सुन्दर श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन्। प्रदेशको चौथो प्रदेश सभाबाट श्रेष्ठ बागमती प्रदेश अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। 

महासंघको तत्कालिन केन्द्रिय समिति सदस्य तथा  मेला समिति संयोजक समेत रहेका श्रेष्ठलाई धुलिखेल उद्योग बाणिज्य महासंघले अध्यक्षको लागि प्रस्ताव गरेको थियो। श्रेष्ठ धुलिखेल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष समेत हुन्। 

२०५४ सालमा धुलिखेल उद्योग बाणिज्य संघमा कार्यसमिति समिति सदस्य रहेका श्रेष्ठ उक्त संघमा २०६३ देखि २०७३ सालसम्म लगातार तीन पटक अध्यक्षको भूमिकामा थिए। 

महासंघको केन्द्रिय समितिमा २०६८ सालमा म्नोनिती कार्यकारिणी समिति सदस्य रहेका श्रेष्ठ २०७० देखि २०७७ सालसम्म महासंघमा निर्वाचित कार्यसमिति सदस्य रहेर आफ्नो जिम्मेवारी पुरा गरेका छन्। 

महासंघमा २५ वर्षे अनुभव

श्रेष्ठ महासंघमा विगत २५ वर्षदेखि सक्रिय छन् । धुलिखेल उद्योग वाणिज्य संघमा २०५४ सालमा कार्यकारिणी समिति सदस्यका रुपमा प्रवेश गरेका उनले ३ पटकसम्म निरन्तर संघको अध्यक्ष पद सम्हाले । नेपाल उद्योग वाणिज्य महासंघमा २०६८ देखि २०७७ सम्म ३ पटक केन्द्रिय कार्यसमिति सदस्य पदमा रहेर महत्वपूर्ण समितिमा बसेर काम गरेका श्रेष्ठ लगनशील र कर्तव्यनिष्ट चेम्बर अभियान्ताका रुपमा चिनिन्छन् ।

२०७४ देखि २०७७ सम्म महासंघको मेला समितिका सभापति रहेर काम गरेका उनी जिल्ला नगर संघ तथा अन्तराष्ट्रिय स्तरमा सम्पन्न भएका लगभग सम्पूर्ण मेला महोत्सवमा भाग लिई औद्योगिक  र व्यवसायिक मेल ागर्ने जिम्मा महासंघमा आबद्ध जिल्ला नगर संघहरुले मात्र पाउनु पर्छ भनेर निरन्तर लविङ गर्ने अभियान्ता हुन् । महासंघमा कृषि उद्यम केन्द्रको सभापति, एक जिल्ला एक उत्पादन कार्यक्रममा संयोजक, मेला समितिका सभापति तथा नेपाल सरकार, अर्थ मन्त्रालयको राजस्व परामर्श समतिका सदस्य भएर सक्रियतापूर्वक काम गरेका श्रेष्ठले महासंघको प्रदेश समितिलाई सबल बनाउने संकल्प लिएका छन् ।

सामाजिक कर्ममा क्रियाशील

श्रेष्ठ विभिन्न सामाजिक क्रियाकलापमा समेत निरन्तर सक्रिय छन् । रोटरी क्लब अफ धुलिखेल, सञ्जीवनी कलेज ९सामुदायिक० धुलिखेल, जेष्ठ नागरिक सेवा केन्द्र काभ्रे, रामचन्द्र घिनाङ्जू प्रतिस्ठान जस्ता प्रतिष्ठित सामाजिक संस्थाहरुमा अध्यक्ष रही सक्रिय सामाजिक अभियान्ताका रुपमा रहेका श्रेष्ठ धुलिखेल जेसिजका मानार्थ सदस्य समेत हुन् ।

पारिजात स्मृति केन्द्र काठमाडौँ, धुलिखेल समाज काठमाडौँ जस्ता सामाजिक संघ संसथामा आवद्ध रहेका श्रेष्ठले महासंघको वागमती प्रदेशलाई सफल र समृद्ध प्रादेशिक महासंघको रुपमा स्थापित गराउने पवित्र उदेश्य लिएका छन् ।

महासंघ, तीनै तहका सरकार र स्वदेशी तथा विदेशी संघ संस्थाहरुसँग सहकार्य गर्दै जिल्ला नगर संघहरुको सचिवालयको स्तर उन्नति र क्षमता अभिवृद्धिका लागि आवश्यक कार्यक्रमहरु ल्याउने उनको योजना छ । 

‘प्रदेश भित्रका साना तथा मझौला उद्यम विकासका लागि विशेष कार्यक्रम, रोजगारमुलक उद्योग व्यावसायको विकास र विस्तारको लागि कृषि उद्यमी लक्षित कार्यक्रम ल्याउएर प्रदेश महासंघलाई बसल बनाउने मेरो लक्ष्य छ’ उनले भने। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved