ललितपूर उद्योग वाणिज्य संघमा मनोज बहादुर न्याछ्योँ किन ? यस्ता छन् १९ बुँदे प्रतिवद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2020 | 03:39:56 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपूर उद्योग वाणिज्य संघको ४१ औँ साधारणसभा र अधिवेशन पौष १७ र १८ गते हुँदैछ । लामो समय चेम्बर अभियान्ताको रुपमा काम गरेका मनोज बहादुर न्याछ्योँ संघको अध्यक्ष पदका उम्मेद्वार छन् । ‘इमादारीता, पारदर्शिता र दूरदर्शिता–उद्योगी व्यवसायीहरुको हकहित हाम्रो प्रतिवद्धता’ भन्ने नारा लिएर मनोज बहादुर न्याछ्योँ समूहको नेतृत्व गर्दै संघको आगामी अध्यक्ष दौडमा छन् ।

के छन् प्रतिवद्धता ?

मनोज बहाुर न्याछ्योँ र उनको समूहले विभिन्न १९ वटा प्रतिवद्धता सार्वजनिक गरेको छ । यद्यपी, यी बुँदाहरुलाई यो समूहले प्रारम्भिक मात्रै भन्दै आएको छ । प्राथमिकताका आधारमा काम गर्दै जाने नीति अनुरुप आफूहरुले सबै उम्मेद्वार, सबै क्षेत्रका उद्योगी व्यवसायीसँग परामर्श गरेर प्रतिवद्धताका सूची तयार पारेको अध्यक्षका उम्मेद्वार न्याछ्योँ बताउँछन् ।

१) उपभोक्ता हित संरक्षण ऐन २०७५ को न्योयोचित संशोधन नहुँदा व्यवसायीहरु पीडामा रहेको हामी सबैलाई विदितै छ । यहि ऐनलाई टेकेर व्यवसायीहरुले अनावश्यक दुःख पाईरहेको विद्यमान अवस्थालाई हामी आफैँ र अन्य सम्बन्धित निकायसँग सहमति र सहकार्य गर्दै सायमानुकुल ऐन पसरमार्जनमा लाग्ने हर सम्भव प्रयासरत रहनेछौँ ।

२) ललितपूर जिल्लामा रहेको हस्तकलालाई अहिले विश्व समुदायले चिन्न थालेको हामी सबैमा विदितै छ । यसलाई व्यवस्थि तगर्न उसको छुट्टै सामूहित ट्रेडमार्क दर्ता गर्नुपर्ने अपरिहार्यता र क्रमिक रुपमा विदेशी मूलुकहरुमा पनि हाम्रा उत्पादनहरुको ट्रेड मार्क दर्ता गर्न पहलका लागि हाम्रो प्रतिवद्धता रहने छ । साथै हरेक उत्पादनमा ‘मेड इन ललितपूर’ का साथ जाने व्यवस्थ ागर्ने र ललितपूर नगरीलाई वल्र्ड क्राफ्ट काउन्सिलबाट हस्तकला नगरी घोषणा गरिएकोमा यसलाई थप प्रभावकारी रुपमा अगाडी बढाईने छ ।

३) ललितपूरमा हस्तकला ग्राम निर्माण गर्ने विषय लामो समयदेखि चर्चामा रहँदै आएको छ । यद्यपी यस विषयले पूर्ण पाउन सकिरहेको छैन । हामी सरोकारवाला निकायसँग समन्वय गर्दै यसको निर्माण सुरु गर्ने कार्यमा हर सम्भव प्रयासरत रहने छौँ ।

४) ललितपूरको दक्षिणी भेगमा कृषिको प्रबल सम्भावना रहेको र वर्तमान समयमा राज्यले समेत प्राथमिकतामा राखेको कृषि क्षेत्रलाई प्रोत्साहित गर्ने अभिप्रायले त्यसलाई प्रवद्र्धन र सम्बर्धन गर्न आवश्यक पहलकदमी गर्नेछौँ ।

५) लागनीको वातावरण निर्माण हुन प्रतिफलको सम्भावना देखिनु पर्दछ । व्यवसायीको लगानी सुरक्षा नभई उद्योग विकास हुन सक्दैन । व्यवसायीक वातावरण निर्माण गर्न अन्य व्यवसायिक फोरमहरुसँग सहकार्य गरेर लगानी मैत्री वातावरण सिर्जन ागर्ने कार्यमा प्रयासरत रहने छौँ ।

६) विभिन्न ऐन कानुनको हवाला दिँदै उद्योगी व्यवसायीहरुलाई दुख दिने काम भईरहेको छ । हामी त्यसमा परिवर्तन चाहान्छौँ । पहिला सुन्ने वातावरण बनाउन हामी पहल गर्ने छौँ ।

७) प्रत्येक व्यवसायी सदस्यहरुलाई कर एवम् उपभोक्ता एने लगायत अन्य आवश्यक ज्ञान उपलब्ध गराउन सम्बन्धित विज्ञहरुद्वारा प्रशिक्षण प्रदान गरिने छ ।

८) भन्सार र न्युन विजकीकरणको नाममा व्यवसायीले पाउँदै आएका झमेला र समस्या समाधान गर्न हर सम्भव पहल गरिनेछ ।

९) सामाजिक सुरक्षा कोष ऐनमा समयानुसार परिमार्जन गर्न आवश्यक रहेको हामी सबैमा महशुस रहेकै देखिन्छ । यसको परिमार्जनको लागि हाम्रो पहल मात्रै ले गन्तव्यमा पुग्न सम्भव हुँदैन । त्यसैले अन्य व्यवसायिक संघ संस्थाहरुसँग सहकार्य गर्दै हाम्रो उदेश्य हासिल गर्न अथक प्रयास गरिने छ ।

१०) व्यवसायीहरुको गुनासो संकलन गर्न संघमा छुट्टै हेल्प डेस्कको व्यवस्था गरी त्यसको समाधान गर्न आवश्यक टास्क फोर्स निर्माण गरी कार्य गर्नेछौँ ।

११) ललितपूर जिल्लामा रहेका व्यवस्थापन विषय अध्यापन गराउने स्कुल कलेजहरुसँगको सहकार्यमा त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउन एवं व्यवसाय प्रति आकर्षित गर्न सरोकारवाला निकायहरुको सहकार्यमा आवश्यक योजना तर्जुमा गरी प्रत्यक्ष संलग्न गराउन पहल गरिनेछ ।

१२) अनुगमनको नाममा विभिन्न निकायहरुबाट हसनृ अनावश्यक झमेला बन्द गर्न सकिएन भने नेपालमा व्यवसाय गर्न सक्ने अवस्था रहँदैन । हामी अनुगमनको विरोधी होइनौँ । यस्ता अनुगमन दिनहुँ हुनुपर्छ, यद्यपी त्यो सम्बन्धित बस्तु वा उत्पादनको पूर्ण ज्ञान भएको विज्ञबाट हुनुपर्छ । तर, मौसमी रुपमा गरिने अनुगमनको झंझटले काम गर्ने वातावरण निर्माण हुन सक्दैन, यसलाई बन्द गरिनुपर्छ । यहि विषयलाई व्यवस्थित गर्न हामी हर सम्भव पहल गर्नेछौँ ।

१३) औद्योगिक नीति, औद्योगिक व्यवसाय एने, नियमावली र अन्य सबैखाले उद्यम व्यवसायसँग आकर्षित हुने ऐन नियमावलीहरुसँग परिचित र सुशिक्षित गर्ने कार्यमा हरसम्भव प्रयासरत रहने छौँ ।

१४) स्थानीय सरकार अन्तर्गतका राजश्व परामर्श समितिमा अन्य व्यवसायिक संघ संस्था सरह नै हाम्रो संघको पनि अनिवार्य उपस्थिती रहने यहाँहरु सबैमा विदितै छ । साथै ललितपूर जिल्लामा रहेका सबै सकारी निकायहरुमा पनि हाम्रो उपस्थिती अपरीहार्य ठानिँदै आएको छ । तसर्थ हामी ललितपूर जिल्ला भरीका व्यवसायिक हकहितका समस्या समाधान गर्न अग्रसर रहने छौँ ।

१५) कोभिड–१९ संक्रमण पश्चात व्यवसायमा पर्न गएको असरलाई मध्यनजर गर्दै नेपाल सरकारबाट जारी भएको आर्थिक ऐन र नेपाल राष्ट्र बैकमार्फत जारी भएको मौद्रिक नीतिलाई हृदयंगम गरी हाम्रा सदस्य महानुभावहरु र ललितपूर जिल्लामा सञ्चालन भईराखेका उद्यमी व्यवसायीहरुका लागि सहुलियत ऋण उपलब्धताको लागि हामी हरसम्भव प्रयासरत रहने छौँ ।

१६) कोभिड–१९ संक्रमणपछिको व्यवसायिक समस्या पहिचान गरी व्यवसायीहरुमा परेको समस्या लगायतका विषयमा सरोकारवाला निकायसँग छलफल गरी आवश्यक राहत, छुट, सहुलियत लगायतका विषयमा पहल गरिनेछ ।

१७) देशमा विद्यमान उद्यम व्यवसाय प्रवद्र्धनका लागि कार्यरत सरकारी, गैह्र सरकारी, विकास साझेदार आदि संस्थाहरुसँग सहकार्य गर्दै उद्यम व्यवसाय विकासका लागि आवश्यक गृहकार्यका लागि प्रतिवद्ध भई कार्यरत रहनेछौँ ।

१८) उद्यम व्यवसायको हकहितका लागि हामी स्थानीय, प्रदेश र संघीय सरकारसँगै अन्य सरोकारवाला संघ संस्थाहरुसँग सहकार्य गर्दै लगानी मैत्रस् वातावरण सिर्जना गर्नुका साथै विद्यमान उद्योग व्यवसायको दिगोपनाका लागि निरन्तर लागि पर्नेछौँ ।

१९) व्यवसायको दिगोपना र मर्यादित व्यवसायीकरण्को लागि हामी आफैँबाट र हामी सबैबाट मर्यादित व्यवसायका सर्वमान्य सिद्धान्तहरुलाई अवलम्बन गर्न÷गराउन प्रयासरत भई समाजमा जिम्मेवार व्यवसायीको पहचिान दिलाउने कोशिसमा रहने छौँ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved