महासंघ अध्यक्ष गोल्छाले भने, ‘अतिकम विकसित मूलुकबाट स्तरोन्नति हुन हतार नगरौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2021 | 02:45:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले नेपाललाई विकासोन्मुख राष्ट्रको सूचीमा स्तरोन्नति गराउने काममा हतार नगर्न सरकारलाई आग्रह गरेको छ । अतिकम विकसित हुनुमै लाभ हुने भएकाले विकासोन्मुख राष्ट्रको सूचीमा स्तरोन्नति हुन हतार गर्न नहुने महासंघको धारणा छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले विकासोन्मुख राष्ट्रको सूचीमा स्तरोन्नति हुँदा वैदेशिक सहयोग कम पाइने भएकाले यसका निम्ती हतार गर्न नहुने धारणा राखेका हुन् । 

‘हामस् स्तरोन्नति भएर माथि गइसकेपछि कमर्सियल ऋण लिएर काम गर्न सक्दैनौँ, स्तरोन्नतिले कर्जा र सहुलियत रोकिन्छ’ अध्यक्ष गोल्छाले भने, ‘आम्दानीको स्तरमा उल्लेख्य सुधार नभएसम्म स्तरोन्नति हुनु भनेको हामी आफैँलाई घाटा हुनु हो ।’

नेपालले सन् २०२१ सम्म विकासोन्मुख राष्ट्रको सूचीमा स्तरोन्नति हुने तयारी थालेको छ । ५ वर्षअघिबाट तयारी थालिएको भएपनि हालसम्म स्तरोन्नति हुने ३ आधारमध्ये नेपालको प्रतिव्यक्ति आयबाहेक अरु मापदण्ड पूरा भईसकेको छ । 

बंगलादेशले सन् २०२४ मा स्तरोन्नति हुने तयारी थालेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved