महासंघका पदाधिकारी र आइएलओका देशिय निर्देशक बीच भेटवार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2021 | 08:39:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघई र नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ का देशिय निर्देशक रिचार्ड हवार्ड बीच आज महासंघ सचिवालयमा भेटवार्ता भएको छ। 

सो अवसरमा कोभिड पश्चात नेपालको अर्थतन्त्र, रोजगारी, उद्योग व्यवसायको अवस्थाका विषयमा विस्तृत छलफल भयो । भेटवार्तामा साना तथा मझौला उद्यम व्यवसायलाई पुनरूत्थान गर्ने कार्यमा महासंघ र आइएलओ बीच हुनसक्ने सहकार्यका विषयमा पनि छलफल भएको महासंघले जनाएको छ।

भेटवार्तामा महासंघका अध्यक्ष गोल्छाले नेपालको आर्थिक विकास, श्रम सम्बन्ध सुधारमा आइएलओले गरेको सहयोगको प्रशंसा गरे। अध्यक्ष गोल्छाले मुलुकभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई निजी क्षेत्रले अत्यन्त संवेदनशील भई हेरेको र कोभिडबाट प्रभावित उद्योग व्यवसाय पर्यटन सहित साना तथा मझौला उद्यम व्यवसायको पुनरूत्थानका लागि रोजगारी सृजना सहितको निश्चित लक्ष्य लिई भिजन पेपर तयारी गरीरहेको जानकारी गराए।

साथै अध्यक्षले सामाजिक सौदावाजीका विषयमा उद्योग प्रतिष्ठानलाई सहयोग पु¥याउन लिगल हेल्प डेस्क अवधारणाका वारेमा छलफल गर्दै सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा देखिएका व्यवहारिक कठिनाईका विषयमा जानकारी गराए। 

सो अवसरमा देशिय निर्देशक हवार्डले निजी क्षेत्रको प्रवद्र्धन, रोजगारी र श्रम ऐन तथा सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा नीतिगत सुधार एवं प्राविधिक सहयोग उपलव्ध गराउन आइएलओ तयार रहेको विश्वास दिलाए। 

कार्यक्रममा महासंघको उद्योग समितिका सभापति भरतराज आचार्य, कार्यकारिणी समितिका सदस्य प्रवलजंग पाण्डे, महासंघका वरिष्ठ विज्ञ हंसराम पाण्डे, उपमहानिर्देशक गोकर्ण अवस्थी र आइएलओका वरिष्ठ अधिकृत प्रकाश शर्माको उपस्थिति थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved