महासंघको मुटु मानिने कृषि उद्यम केन्द्रको सभापतिमा सुमार्गी, यस्ता छन् भावी योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2021 | 05:06:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रको सभापतिमा अरुणराज सुमार्गी चयन भएका छन् । महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघका कार्यकारिणी सदस्य सुमार्गीलाई केन्द्रको सभापतिमा मनोनय गरेको पत्र मंगलबार हस्तान्तरण गर्दै जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ र कोषाध्यक्ष सुकुन्तलाल हिराचनको उपस्थितमा पदभार पनि ग्रहण गराएका छन् । 

लामो रस्साकस्सी पछि सुमार्गीले केन्द्रको सभापतिको जिम्मेवारी पाएका हुन् । यूएसएआईडी, अर्थ मन्त्रालय, कृषि मन्त्रालय लगायतका कार्यक्रमहरु जिल्ला तहमा सञ्चालन गर्ने जिम्मेवारी यो केन्द्रमार्फत हुने भएकाले केन्द्रको सभापति बन्ने दौडमा धेरै सदस्यहरु थिए । तर, सुमार्गीले आफूलाई योग्य रहेको बताउँदै सभापतिमा दाबी गर्दै आएका थिए । सोही अनुसार अध्यक्ष गोल्छाले उनलाई केन्द्रको सभापतिमा मनोनयन गरेका हुन् ।

पदभार ग्रहण पश्चात सभापति सुमार्गीले हरेक ३ महिनामा केन्द्रले गरेका गतिविधि बुलेटिनमार्फत प्रकाशन गरिने प्रतिवद्धता जनाएका छन् । उनले उच्च मूल्यका उत्पादनहरुको बजारीकरण, मध्यपूर्वका देशहरुमा नेपालको कृषि उपजको निर्यात, सामूहिक खेती प्रणालीको विकास र ७ वटै प्रदेशमा प्रदेश महासंघको मातहतमा रहने गरी केन्द्रको स्थायी संरचना निर्माणमा आफूले भूमीका खेल्ने बताएका छन् । यी सबै काम महासंघका अध्यक्ष गोल्छाले तयार पारिरहेको भिजन पेपरमा समावेश हुने र सोही अनुसार कार्य गरिने उनको भनाई छ ।

यसअघि महासंघका पूर्व अध्यक्ष सुरज वैद्य र निवर्तमान अध्यक्ष भवानी राणाले नेतृत्व गरिसकेको कृषि उद्यम केन्द्रले आगामी आर्थिक वर्षको बजेट अगावै योजना तयार पारेर सरकार समक्ष पठाउने र बजेटमा सम्बोधनका लागि पहल गर्ने सभापति सुमार्गीको प्रतिवद्धता छ । उनले केन्द्रमा अनियमितता भएको र वेरुजु देखिएको भन्दै अख्तियारमा समेत विषय पुगेको जानकारी आफूलाई रहेको भन्दै यसका सम्बन्धमा जतिसक्दो चाँडो केन्द्रलाई वेरुजु रहित बनाउने पनि प्रतिवद्धता जनाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved