महासंघ बागमती प्रदेशः कार्यकारिणी सदस्यमा ४ जना थप, १४ समितिका संयोजक तोकिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2021 | 12:26:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी समितिको दोस्रो बैठक सकिएको छ । अध्यक्ष दिलसुन्दर श्रेष्ठको अध्यक्षतामा माघ २ गते हेटौंडामा सम्पन्न बैठकले हालको प्रदेश महासंघको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघको सचिवालयमा राख्ने निर्णय गरेको छ । सचिवालय व्यवस्थापनको जिम्मा प्रदेशका कार्यकारिणी समिति सदस्य जीवनकाजी माकजु श्रेष्ठलाई दिईएको छ ।

अध्यक्ष श्रेष्ठले प्रतिमा भट्ट (गुर्खा इन्काउन्टर प्रा.लि.), राजु श्रेष्ठ (अध्यक्ष, उद्योग वाणिज्य संघ चितवन), बोधनाथ दुवाडी (नि. अध्यक्ष, धादिङ उवासंघ) र गेल्बु शेर्पा (अध्यक्ष, उद्योग वाणिज्य संघ, जिरी) लाई कार्यकारिणी सदस्यमा मनोनित गरेका छन् ।

बैठकले विभिन्न समितिको संयोजक पनि चयन गरेको छ । जसअनुसार सीप तथा तालिम समितिमा उपाध्यक्ष सविन श्रेष्ठ, राजस्व समितिकम उपाध्यक्ष दुर्गाराज श्रेष्ठ र मेला महोत्सव तथा प्रदर्शनीमा कोषाध्यक्ष गुणराज श्रेष्ठ संयोजक बनेका छन् । घरेलु तथा साना उद्योग समितिको संयोजकमा श्याम थापा, सचिवालय व्यवस्थापन समितिमा जीवनकाजी माकजु श्रेष्ठ र सूचना सञ्चार प्रविधि तथा प्रकाशन समितिको संयोजकमा कैलाश पलाञ्चोके चयन भएका छन् ।

वाणिज्य तथा आपूर्ति समितिमा शिव प्रसाद मानन्धर, उद्योग समितिमा वीरेन्द्रनाथ भटृराई, रोजगारदाता समितिमा प्रदीपमान प्रधान, महिला विकास समितिमा प्रतिमा भटृ, यातायात तथा पारवहन समितिमा गेल्वु शेर्पा, कृषि विकास समितिमा बोधनाथ दुवाडी र पर्यटन समितिमा राजु श्रेष्ठ चयन भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved