महासंघको उर्जा तथा वातावरण समिति विस्तार, साझा भिजन पेपर तयार पार्ने निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2021 | 11:23:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको उर्जा तथा वातावरण समिति विस्तार भएको छ । गोपाल खनालको सभापतित्वमा रहेको समितिको उपसभापतिमा शैलेन्द्र गुरागाई रहेका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा श्याम खेतान, इन्द्र खनाल , शम्भु विक्रम थापा, हिम प्रसाद पाठक, श्रीराम अधिकारी, चन्द्र टन्डन, र राम बहादुर श्रेष्ठ रहेका छन् । समितिको सल्लाहकार सदस्यमा ज्ञानेन्द्र लाल प्रधान, मोतीलाल दुगड, शिव प्रसाद घिमिरे र शेखर अर्याल रहेका छन् । त्यस्तै समितिको आमन्त्रित सदस्यहरुमा गुरु प्रसाद ढकाल, शुभांशिश थपलिया, राजेन्द्र कुमार अग्रवाल, विवेक तातेर, भरत प्रसाद खत्री र , निकोलस पाण्डे रहेका छन् ।

महांसघका अध्यक्ष शेखर गोल्छा र उर्जा तथा वातावरण समितिका सभापति गोपाल खनाल

समितिको बुधबार बसेको पहिलो बैठकले उर्जा क्षेत्रको समस्या समाधानको लागि सामुहिक पहल गर्ने तथा उर्जा क्षेत्रका विभिन्न संघ संस्थाको एउटा साझा भिजन पेपर तयार पारी त्यसको कार्यान्वयनको लागि पहल गर्ने निर्णय गरेको छ । भिजन पेपरमा हाल देखिएका विभिन्न समस्याको समाधानको उपाय सुझाउने सहमति भएको छ । 

बैठकले भ्याट फिर्ता, क्यु फोर्टी डिजाइन, वन विभागमा देखिएका समस्या, प्रसारणलाइनका समस्या लगायतका विषय भिजन पेपरमा समेट्ने निर्णय गरेको छ। त्यस्तै बैठकले उर्जा क्षेत्रमा एफडिआईका विषयमा साझा धारणा समेत बनाउने निर्णय गरेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved