सुनकोशी परियोजना र मन्थली एयरपोर्टः विकासमा खै समन्वय ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 20, 2019 | 01:00:09 PM मा प्रकाशित

laxmi  sunrise bank

‘विकासमा अन्तर निकाय समन्वयको अभाव’ नेपालमा प्रशस्त देखिन थालेका छन् । केही समयअघि पोखरा महानगरपालिकाले सडक विस्तार गर्ने क्रममा विद्युत प्राधिकरणलाई बिजुलीको पोल सार्न अनुरोध गरेको थियो । तर प्राधिकरणले पोल नसारेपछि महानगरले बिजुलीको उक्त पोललाई बीचमा पारेर बाटो बढायो । 

सडक विभाग अन्तर्गतका सडक विस्तार गर्ने क्रममा राजधानीमै विभागले खानेपानीको पाइप सार्न अनुरोध गरेको थियो । तर खानेपानीको पाईप सरेन, विभागले आफ्नो तवरबाट बाटो खन्यो । पाइप फुट्यो, अहिले सो क्षेत्र सडक भएरपनि दिनहु हिलाम्मे छ । फुटेको पाईप कसैले फेर्न तादरुकता देखाएका छैनन् । 

यी त साना काम हुन् । करिब हजार खर्चमा सकिने यस्ता काममा अन्तर निकाय समन्वयको अभावले विकासमा बाधा पुग्ने विकासविदहरु बताउँछन् । 

ठूला आयोजनामा पनि समन्वय छैन

सरकारले ५३६ मेगावाटको सुनकोशी ३ र ११ सय १० मेगावाटको सुनकोशी २ जलविद्युत आयोजना प्रस्ताव गरेको छ । उर्जा मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागले केही समयअघि वातावरणीय प्रभाव मुल्यांकन क्षेत्र निर्धारण सम्बन्धि सूचना पनि प्रकाशित गरेको थियो । 

आयोजनाले सिन्धुपाल्चोक, काभ्रे, रामेछाप र सिन्धुलीका स्थानहरु डुबानमा पर्ने छ । काभ्रे र रामेछापको सिमानामा बन्ने भनिएको सुनकोशी २ आयोजनाले मन्थली सदरमुकाम समेत डुबानमा पर्ने भनिएको छ । तर उक्त आयोजनासँग बाँझिने गरि मन्थलीस्थित विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थलमा स्तरोन्नति गर्ने योजना पनि अघि बढाईएको छ । 

नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विस्तारका लागि प्रारम्भिक अध्ययन सुरु गरिसकेको छ । २०३५ सालमा निर्माण भएको उक्त विमानस्थलको धावनमार्ग छोटो भएकाले त्यसलाई विस्तार गर्न जग्गा अधिग्रहणको प्रक्रिया पनि सुरु गरिएको प्राधिकरणले जनाएको छ । 

हाल उक्त विमानस्थलको धावनमार्ग ५३० मिटर लामो छ । अब विस्तार गर्दा उत्तरतर्फ २ सय मिटर र दक्षिणतर्फ १ सय मिटर बढाउने योजना छ । विस्तारका लागि प्रस्तावित क्षेत्रमा पर्ने उत्तरतर्फको जग्गा व्यक्तिगत आबादी र दक्षिणतर्फको भने तामाकोशीको बगर हो । सुनकोशी २ आयोजनाबाट डुबान हुने भनेको मन्थली नगरपालिका वडा नम्बर १ एयरपोर्ट भएकै क्षेत्र हो । उक्त एयरपोर्ट तामाकोशीको किनारमै रहेकाले पनि यदि सुनकोशी २ आयोजना बन्ने हो भने डुब्ने निश्चित छ ।

हेर्नुहोस् डुबान क्षेत्रः

तर यसो हुँदाहुँदै पनि स्तरोन्नतिको प्रक्रिया अगाडी बढ्नु अन्तर निकाय समन्वयको अभाव हो भन्छन् जानकारहरु । सुनकोशी आयोजना प्राथमिकतामा कि मन्थली विमानस्थल भन्ने छुट्याउन नसक्दा पछि किचलो सुरु हुने एकजना विकास विज्ञले बताए । विकासविद् हरि शर्मालाई यसबारेमा जिज्ञासा राख्दा पछि एयरपोर्टलाई देखाएर प्रस्तावित सुनकोशी परियोजना बन्न नदिन अहिले एयरपोर्ट बढाउने काम गर्न लागिएको बताउँछन् । डुब्छ भन्ने थाहा हुँदाहुँदै राज्यले लगानी गर्नु मुर्खता भएको उनको बुझाई छ । 

तर रामेछाप विमानस्थल कति लागतमा स्तरोन्नति गर्ने, कहिलेसम्म गरिसक्ने भन्ने योजना भने आइसकेको छैन ।

विपी र पुष्पलाल पनि डुबानमा

पूर्वाधारविद्हरु नदी किनारबाट सडक खन्ने, राजमार्ग बनाउने काम गर्नाले नदीको उपयोग हुन नसकेको बताउँछन् । सुनकोशी किनारबाट विपी राजमार्ग (बनेपा सिन्धुली बर्दिबास) र उसैगरि किनारै किनार मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माण भईरहेको छ । फेरि यी सडकहरु नरहने गरि सुनकोशी परियोजनाको पनि प्रस्ताव भईरहेको छ । एक जना पूर्वाधार विज्ञले बाटो कहाँ खन्ने भन्ने सामान्य चेतना समेत नभएको व्यक्ति विज्ञका रुपमा राखिनुकै कारण मूलुक पछि परेको बताए ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved