गैरकानुनी काममा स्ट्यान्डर्ड चार्टडलाई छुटै छुट, राष्ट्र बैंक भन्छ- बिदेशी बैंक हो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2019 | 09:48:43 AM मा प्रकाशित

laxmi  sunrise bank

स्ट्यान्डर्ड चार्टड बैंकले नेपाल राष्ट्र बैंकको नियम बिपरित काम गरेको पाइएको छ। आउटसोर्सिङ मार्फत ल्याइएका कर्मचारीलाई कोर बैंकिङमा  लगाउन नपाईने नियम बिपरित चार्टडले काम गरेको पाइएको हो। 

सवारी चलाक, क्लिनर, सुरक्षा गार्ड जस्ता कामका लागि आउटसोर्सिङ मार्फत कर्मचारी भर्ना गर्न पाइने भएपनि चार्टडले कोर बैंकिङको लागि नै आउटसोर्सिङ गर्ने गरेको भेटिएको छ। जोखिम बढ्न गई जनताको पैसा असुरक्षित भएको निष्कर्ष सहित राष्ट्र बैंकले केहि बर्षअघि एकिकृत निर्देशन मार्फत कोर बैंकिङको लागि कर्मचारी नियुक्त गर्दा आउटसोर्सिंङ गर्न नपाइने कानुनी व्यवस्था गरेको थियो।

उक्त व्यवस्था पश्चात कोर बैंकिङको लागि आउटसोर्सिङ गर्ने क्रम घटेपनि केहि बैंकले अझैं त्यसलाई निरन्तरता दिएका छन। यसरी निरन्तरता दिनेमा स्ट्यान्डर्ड चार्टड ग्रुपको संस्थापक सेयर रहेको र केही हिस्सा मात्रै नेपाली सर्वसाधारणको रहेको चाटर्ड बैंक पनि अगाडी देखिएको छ।   बैंकहरुलाई जे एण्ड टी सोलुसन र सुविधा सेवा लगायतको कम्पनीले आउटसोर्सिङ मार्फत कर्मचारी उपलब्ध गराउँदै आएका छन।

चार्टडमा कोर बैंकिङको लागि ५३० कर्मचारी रहेकोमा करिब ५० प्रतिशत कर्मचारी आउटसोर्सिङ मार्फत नै ल्याइएको स्रोतको दाबि छ। कोर बैंकिङको लागि आउटसोर्सिङ मार्फत कर्मचारी भर्ना गर्न नपाइने भएपछि चार्टडले कर्मचारी विनीयमावली र आचार संहिता आफु अनुकुल बनाएर कर्मचारी भर्ना गर्ने गरेको पाइएको छ।       

चार्टडको मानव संसाधन बिभागसंग यस बिषयमा कुरा गर्न खोज्दा त्यहाँका जिम्मेवार अधिकारि यस बिषयमा बोल्न चाहेनन्। उनीहरुको माग अनुसार कर्मचारीको संख्या र भर्ना प्रकृयाबारे बिजपाटी डटकमले लिखितमै जवाफ मागेपनि चार्टडले जवाफ दिन मानेन।  

चार्टडको यो गलत अभ्यासबारे जानकारी भएपनि राष्ट्र बैंक मुखदर्शक भएको कर्मचारी युनियनका अधिकारिहरु बताउँछन। बिदेशी बैंक भएकाले अन्य भन्दा चार्टडलाई नीतिगत रुपमा धेरै छुट दिनुपर्ने बाध्यता रहेको राष्ट्र बैंकका अधिकारीहरुले स्वीकार गरेका छन। सबै बाणिज्य बैंकलाई स्थानीय तहमा पुग्नलाई अनिवार्य गरीएपनि चार्टडलाई यो बिषयमा समेत छुट दिइएको छ। त्यस्तै अन्य बैंकलाई ब्याजदर अन्तर स्प्रेड रेटमा कडाइ गरिएपनि चार्टडलाई छुट दिने गरिएको छ। 

के हो आउटसोर्सिङ ?

सामान्यतया आउटसोर्सिंङ भन्नाले अर्को कम्पनीबाट सेवा लिनु बुझिन्छ। यस सन्दर्भमा आउटसोर्सिंङ भन्नाले बैंकले अर्को कम्पनीसंग सम्झौता गरेर आफ्नो आवश्यकताअनुसार त्यहाँबाट कामदार लिनु भन्ने बुझिन्छ। यसरि कम्पनीसंग सम्झौता गरेर कामदार लिंदा बैंक र कामदारबीच कानुनी रुपमा कुनै सम्बन्ध हुदैन। बैंकले कामदार उपलब्ध गराउने कम्पनीलाई निश्चित रुपैयाँ भुक्तानी गर्छ र कम्पनीले आफुसंग भएको सम्झौताअनुसार कामदारलाई भुक्तानी गर्ने गर्दछन।

बैंक लगायतका बिभिन्न संघ संस्थाले आफ्नो लागत कटौती गर्नको आउटसोर्सिंङको विकल्प रोज्ने गरेका छन। नेपालको कानुनले आउटसोर्सिंङलाई कानुनी मान्यता दिएपनि बैंकहरुले यसरि आउटसोर्सिंङ मार्फत कामदार ल्याएर कोर बैंकिंङ गराउनलाई भने नेपाल राष्ट्र बैंकले रोकेको छ।

बैंकहरुले किन प्रयोग गर्छन आउसोर्सिङ ?

बैंकहरुले करारमा वा स्थायी कर्मचारी नियुक्त गर्दा सोही पदमा कार्यरत अन्य कर्मचारीलाई झैं सेवा तथा सुविधा प्रदान गुर्नपर्ने हुन्छ। तर आउटसोर्सिङ मार्फत कर्मचारी नियुक्त गर्दा आउटसोर्सिङ कम्पनीलाई सम्झौताअनुसार निश्चित रकम भुक्तानी गरे पुग्छ। बैंकहरुले करार अथवा स्थायी नियुक्ती गर्दा एक जना कर्मचारीलाई प्रदान गर्ने सेवासुविधाले आउटसोर्सिङ मार्फत कर्मचारी ल्याउँदा ३ जनासम्म कर्मचारीलाई धान्न सक्ने बैंकिङ क्षेत्रमै क्रियाशिल ट्रेड युनीयनका पदाधिकारीहरु बताउँछन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved