नियमित कामको गलत व्याख्या हुँदा सेयर लगानीकर्ता आतंकित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 08, 2019 | 02:32:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सम्पत्ति शुद्धीकरणको बिषयलाई केहि संचार माध्यमले गलत व्याख्या गरिदिँदा सेयरका लगानीकर्ता आतंकित भएको पाइएको छ। नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण ऐनमा भएकाे व्यवस्था बमाेजिम कार्यविधि बनाएर नपठाएकाले एक साता भित्र पठाउनलाई ब्रोकरलाई गरेको पत्राचारको गलत व्याख्या गरेर समाचार आउँदा बजार प्रभावित भएको हो। 

बोर्डले आफुले यस अघि जेठ ३० गते पठाएको पत्रअनुसार ब्रोकरहरुले नीति तथा कार्यविधि नबनाएकाले पुन: मङ्सिर १८ गते फलोअप पत्र  पठाएको बिषयलाई 'दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको आर्थिक विवरण मागिएको' भनेर समाचार लेखीएपछि सेयरका लगानीकर्ता आतंकित भएका हुन्।

धितोपत्र बोर्डले मंसिर १८ गते ब्रोकरहरुलाई पत्राचार गरेर सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी नीति तथा कार्यबिधिको प्रतिलिपि ७ दिनभित्र अनिवार्य रूपमा बोर्डमा बुझाउन ब्रोकरहरुलाई निर्देशन दिएको हो।  

यहि कारण गत साताको अन्तिम दिनहरुमा सकारात्मक दिशामा बढेको सेयर बजार आइतबार राताम्मे हुन् पुगेको छ। दिनको २ बजेर ११ बजेको कारोबारलाई आधार मान्ने हो भने नेप्से परिसूचक करिब ५ अंकले घटेको छ।     

नेपाल स्टक ब्रोकर एसोशियसनका अध्यक्ष भरत रानाभाटले बोर्डको यो नियमित प्रकृया भएको तर संचार माध्यममा गलत व्याख्या हुँदा बजारमा त्यसको नकारात्मक प्रभाव परेको बिजपाटीलाई बताए। 

२०६४ सालमा नै सम्पत्ति शुद्धिकरण सम्बन्धि व्यवस्था भएको र ब्रोकरहरुले २०७२ सालदेखि नै नेपाल राष्ट्र बैंकले मागेको फर्म्याट अनुसार जानकारी उपलब्ध गराउदै आएको अध्यक्ष रानाभाटले बताए। 'अहिले ब्रोकरहरुसंग शंकास्पद कारोबार हुदैन भन्ने अवस्था छ, शतप्रतिशत कारोबार बैंकिङ प्रणाली मार्फत हुन्छ, सबै लगानीकर्ताको केवाईसी अपडेट हुन्छ, अनलाइन प्रणाली मार्फत पनि कारोबार हुन्छ, यो सबै हिसाबले सेयर कारोबार सम्पति शुद्दिकरणका नजरबाट न्यून जोखिममा छ' रानाभाटले भने, 'तर धितोपत्र बोर्डको नियमित प्रकृयालाई नै गलत तरिकाले व्याख्या गरिंदा बजारमा नकारात्मक प्रभाव पर्न पुग्यो'।   

एक ब्रोकर अधिकारिले भने, 'धितोपत्र बोर्डले हामीलाई २०७६ जेठ ३० गतेको पत्रअनुसार एक हप्ताभित्र भित्र सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी नीति तथा कार्यबिधिको प्रतिलिपि पेश गर्न भन्दै मङ्सिर १८ गते रिमाइन्डर पत्र काटेको हो, तर मिडियामा लगानीकर्ताको सम्पूर्ण आर्थिक विवरण बाेर्डमा बुझाउन ब्रोकरलाई निर्देशन दिईयो भनेर समाचार आयो, यसबाट लगानीकर्ता आतंकित बनेका हुन्, वास्तवमा यो धितोपत्र बोर्ड र ब्रोकरको नियमित काम हो'।  


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved