कपिलवस्तु नगरपालिकाले बजारका मासु पसलको अनुगमन गरेको छ । नगरपालिका भित्र रहेमा मासु पसलको सरसफाई,नापतौलमा आवस्यक पर्ने तराजु,मासुको गुणस्तरता,पसल दर्ता पसल व्यवस्थापन लगाएतका बिषयमा अनुगमन गरेको हो ।
कपिलवस्तु नगरपालिका पशु शाखा केशवराज प्रसाद हरिजनको अगुवाईमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि जनक राज जोशी, जिल्ला प्रहरीका प्रतिनिधि शिव बहादुर रायमाझी, उधोग वाणिज्यसंघ तौलिहवाका प्रतिनिधि ओम प्रकास यादव, पत्रकार महासंघका प्रतिनिधि शारदा के.सी. कपिलवस्तु नगरपालिका पशु प्रविधिक भोजराज पाण्डे, कपिलवस्तु नगरपालिकाका कर्मचारी विजय पोख्रेल लगाएतको टोलिले पुन अनुगमन गरेको हो ।
७ ओटा मासु पसल अनुगमन गर्दा ३ मासु पसल ५सय जरिवानामा परेका छन । प्रो असरत अलिको सागिर मासु पसल, प्रो. मोहमद सलिमको मोहमद सलिम मासु पसल,कलाम कुरेसको कलाम मासु पसललाई आउदो शनिवार ५सय जरिवाना सहित कपिलवस्तु नगरपालिकामा बोलाईएको छ ।
कपिलवस्तु नगरपालिका पशु शाखा केशवराज प्रसाद हरिजनका अनुसार पसल हुदाहुदै बाहिर बेचेको,तराजुमा ५० ग्राम फरक भइका पसललाई जरिवाना तोकेको बताए । प्रमुख हरिजनका अनुसार यो अनुगमन निरन्तर हुने र सबै कुरामा सुधार नभए कपिलवस्तु नगरपालिकाको बजार अनुगमन निर्देशीक अनुसार कारवाहि तथा मासु जफत संगै जरिवाना समेत बढाउने बताए।
गएको मंगलवारको अनुगमनका कारण मोहमद मासु पसलमा डिजिटल तराजु राखिएको छ भनि अन्य मासु पसलमा सरसफाई सगै ठेलामा राखी खुल्ला ठाँउमा बेचिएका मासुको व्यवस्था भएको छ ।मासु पसल संगै १० ओटा माछा पसललाई भने आउने शनिवार माछा पसलको व्यवस्थापन कसरी गर्ने बिषयमा अन्तरक्रिया कार्यक्रम कपिलवस्तु नगरपालिका पशु शाखाले गर्ने भइको छ ।