चीनबाट नेपालीको उद्वार गर्न २ जहाज ‘स्याण्ड बाई’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2020 | 06:16:51 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनबाट फैलिएको कोरोना भाइरसका कारण नेपाल–चीन हवाई उडान प्रभावित भएको छ । चीनबाट नेपाल आउने वायुसेवाका उडानहरु क्रमशः प्रभावित भइरहेको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ । 

चीनको बेइजिङ र चोङचिङ शहरमा उडान गर्ने नेपाली वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले आफ्ना धेरैजसो उडान रद्द गरेको छ । चिनियाँ वायुसेवा कम्पनी एयर चाइना र चाइना इस्टर्नले आफ्ना सबै उडान स्थगित गरेका छन् । यी दुवै कम्पनीले दैनिक दुईतर्फी उडान भर्दै आएका थिए । यी दुई वटैले फेब्रुअरी २८ तारिखसम्म आफ्ना सबै उडान रोकेको पत्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई पठाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

चाइना साउदर्नले फेब्रुअरी ३ देखि ८ सम्म बिहानको उडान नगर्ने र बेलुकाको भने गर्ने भएको छ । दैनिक उडान गरिरहेको सिचुवान एयरलाइन्सले भने हालसम्म कुनै पत्र पठाएको छैन । सातामा दुई उडान गर्दै आएको टिबेट एयरलाइन्सले पनि बिना प्रतिक्रिया उडान भरिरहेको छ । 

प्रभावित क्षेत्रमा रहेका नेपाली फर्काउन किन ढिलाई ? 

चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउन पहल भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, परराष्ट्र र स्वास्थ्य मन्त्रालयले चीनमा रहेका नेपालीलाई स्वदेश फीर्ता गराउन पहल भईरहेको प्रतिक्रया दिएका छन् । 

कोरोना प्रभावित क्षेत्र चीनको हुवान प्रान्तमा रहेका नेपालीहरुलाई लिन जान बंगलादेश, म्यानमार र चीनको आकाश प्रयोग गर्नुपर्ने भएकाले ती देशबाट हवाई रुटका लागि अनुमति लिनुपर्ने भएकाले ढिलाई भएको हो । परराष्ट्र मन्त्रालयले रुटको लागि सम्बन्धित देशसँग पहल गरिरहेको बताईएको छ । सम्भवतः ३ फेब्रुअरी अर्थात् सोमबार अन्तिम निर्णय हुने तत् मन्त्रालयका अधिकारीहरुले दाबी गरेका छन् ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स र नेपाली र चिनियाँ व्यवसायीको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सका जहाज चार्टर उडानका लागि तयारी अवस्थामा रहेको उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका उप–महानिर्देशक राज कुमार क्षेत्रीका अनुसार दुवै कम्पनीका एक÷एक वटा ३२० एयरबस ‘स्याण्ड बाई’ राखिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved