श्रमिकमाथि चौधरी ग्रुपको अर्को शोषण, ३०० कामदारको बिचल्ली

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 16, 2020 | 05:06:30 PM मा प्रकाशित

laxmi  sunrise bank

बिनोध चौधरीको लगानी रहेको निर्माण कम्पनी ‘हिमालय हाइड्रो एण्ड जेनेरल कन्स्ट्रक्सन कम्पनी लिमिटेड’ ले आफ्ना श्रमिकहरुलाई तलब भत्ता तथा सेवा सुविधा नदिएको पाइएको छ। हिमाल हाइड्रोमा कार्यरत श्रमिकले श्रम कार्यालयमा मुद्दा दायर गरेपछि यो घटना बाहिर आएको हो।

हिमाल हाइड्रोले श्रमिकहरुको करार अवधि हुँदाहुँदै धम्कि दिएर राजिनामा दिन लगाएको, केहिलाई फागुनदेखिको तलब नै नदिई निष्काशन गरेको पिडितहरुको भनाई छ।   

पटक पटक आग्रह गरेपनि तलब दिने नियत नदेखिएपछि आफुहरुले श्रम कार्यालयमा उजुरी दिएको एक उजुरीकर्ताले बिजपाटीलाई बताए। २०७६ साल भदौ ९ गते निबेदन दिएपछि भदौ २३ गते नै हिमाल हाइड्रोलाई उपस्थित हुनलाई श्रम कार्यालयले चिठी काटेको तर उपस्तिथ नभएपछि पुन असोज २ गते दोस्रो पत्र काटेको  श्रम कार्यालयले जनाएको छ। 

असोज ५ गते श्रम कार्यालयको रोहबरमा कामदार र हिमाल हाइड्रोकोबीचमा २०७५ कात्तिक ५ देखि २०७६ माघ भित्र सम्पूर्ण कामदारको तलब सुविधा ९संचय कोषमा जम्मा गर्नुपर्ने रकम समेत० दिने गरि भएको सहमति समेत हिमाल हाइड्रोले पालना नगरेको पाइएको छ। सो सहमतिपत्रमा हिमाल हाइड्रोको तर्फबाट सीईओ पुजा दाहाल, वित्तीय बिभाग प्रमुख अर्जुन शर्मा र प्रशासन प्रमुख नारायण श्रेष्ठ र कामदारको तर्फबाट भिम लाल काफ्ले, शिव बहादुर भण्डारी लगायतले ह्स्ताक्षर गरेका छन। 

२०७६ माघसम्म पर्खदा पनि आफुहरुले तलब सुविधा नपाएको गुनासो बोकेर हिमाल हाइड्रो पुग्दा वित्तीय बिभाग प्रमुख अर्जुन शर्माले धम्कीपूर्ण भाषा प्रयोग गरेको र तलब सुविधा नदिने चेतावनी दिएको पिडितहरुको गुनासो छ।  शर्माले आफुहरु तलब सुविधा दिन सक्ने अवस्थामा नरहेको भन्दै   ुसकेको गरु भनेर पठाएको पिडितहरुको भनाई छ। 

चौधरी ग्रुपको लगानी रहेको हिमाल हाइड्रोले अहिले पनि सुरुङ भित्र काम गर्नुपर्ने जस्तो कठिन परिश्रम गर्ने श्रमिकलाई सिजी टेलिकमकै जस्तो हबिगत गरेर तलब सुविधा नदिएको पिडितहरु सोमप्रसाद, समुन्द्र कार्की, दिपेन्द्र यादब, दिपु महतो, कमल पौडेल लगायतको भनाई छ। 

हिमाल हाइड्रोले ३०० कामदारको करिब साढे ३ करोड नदिएकाले कम्पनीबिरुद्द उजुरी परेको हो। नेपालका धेरै जलबिद्युत आयोजना निर्माण गरिसकेको र केहि आयोजनामा अहिलेपनि निर्माणको काम गरिरहेको हिमाल हाइड्रोमा सुरुङ खन्ने कामदारले कम्पनीले २०७५ फागुनदेखि तलब सुविधा नदिएको भन्दै श्रम कार्यालय बागमती टेकुमा उजुरी दिएका हुन्। 

हिमाल हाइड्रोले हाल सुपरमादी र मिडल मोदी निर्माण गरिरहेको छ भने प्रमोटरसँगको विवादका कारण हेवाखोला केहि प्रतिशत काम बाँकी रहँदै निर्माण रोकिएको थियो भने तल्लो सान्जेनबाट समेत हिमाल हाइड्रो पछि हटेको थियो।  

हिमाल हाइड्रोले अहिलेसम्म खिम्ती जलबिद्युत, झिमरुक, सानिमा माईखोला, मनकामना केवल कार, सुनकोशी ट्रान्समिसन लाइन, भैरवकुण्ड लगायतका परियोजना निर्माण गरिसकेको छ। 

१९७८ मा स्थापना भएको हिमाल हाइड्रोमा चौधरी ग्रुपको ७८ प्रतिशत लगानी छ भने २२ प्रतिशत अरु दुई कम्पनीको लगानी छ। चौधरी ग्रुपको प्रबन्ध निर्देशक निर्वाण चौधरी हिमाल हाइड्रोका अध्यक्ष हुन् । चौधरीले नेपाल सेयर मार्केटका कार्यकारी अध्यक्ष समेत रहेका  योगेन्द्र मान श्रेष्ठको नेपाल जलबिधुत प्रवर्दन तथा विकास लिमिटेडको नाममा रहेको सेयर किनेर कम्पनी खरिद गरेका हुन्। 

चौधरी ग्रुपको ७८ प्रतिशत हिस्सा रहेको हिमाल हाइड्रोमा देखिएको यो समस्या २०७३ साल फागुनमा पनि सिजी टेलिकममा देखिएको थियो। त्यो बेला पनि चौधरी ग्रुपले २०७३ साल फागुन देखि २०७५ साल मङ्सिरसम्म सिजी टेलिकममा कार्यरत ११० जना कर्मचारीलाई तलब सुविधा केहि पनि नदिई निष्काशन गरेको थियो।

समाचारको लिंक: चौधरी ग्रुपको समाचार लुकाएको खुलासा,  पिडित भन्छन,'हाम्रो दुख बिज्ञापनमा साटे'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved