कहिलेबाट रोकिन्छ अन्तराष्ट्रिय उडान ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 03, 2020 | 03:14:09 PM मा प्रकाशित

कोरोना भाइरसको संक्रमणलाई प्रवेश नदिन सर्वोच्च अदालतले आवश्यकता अनुसार अन्तराष्ट्रिय उडान स्थगित गर्न आदेश दिएपछि उड्डयन क्षेत्रमा चर्चा सुरु भएको छ । ‘कोभिड–१९’ अर्थात् कोरोना भाइरसका कारण हालसम्म विश्वका ५० भन्दा बढी मुलुक प्रभावित भइसकेका छन् ।

कति देशका उडान रोकिने ?

कोरोनाको संक्रमणलाई ध्यानमा राखेर अन्तराष्ट्रिय उडान रोक्न माग गर्दै अधिवक्ता पूर्ण राजवंशीले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वाेच्चका न्यायाधिश तेजबहादुर केसीको एकल इजलासले आइतबार उडान रोक्न निर्देशन दिएको हो । सर्वोच्चले चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरानबाट सोझै र ट्रान्जिट भएर काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुने उडान केही समयका लागि रोक लगाउन आदेश जारी गरेको हो ।

नेपालको संविधानको धारा १६(१) (३०) (३५) द्वारा प्रदत्त मौलिक हक र संक्रामक रोग ऐन २०२० को दफा २ को आधारमा जोखिम विश्लेषण, मूल्यांकन, विपद् रोकथाम र नियन्त्रण गर्न सर्वोच्चले आदेश दिएको हो ।

कहिलेसम्म रोकिन्छन् उडान ?

उड्डयन क्षेत्रको सञ्चालक र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सर्वोच्च अदालतको आदेश आइनपुगेको जनाएको छ । प्राधिकरणका प्रवक्तासमेत रहेका उप–महानिर्देशक राज कुमार क्षेत्रीका अनुसार सर्वोच्चको आदेश संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत प्राधिकरणमा आउँछ ।

‘अदालतको आदेश मन्त्रालयमार्फत आउने हो’ उनले भने, ‘प्राधिकरणमा आदेश आइपुगेपछि हामी कार्यान्वयनमा जान्छौँ ।’

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पनि सर्वोच्चको आदेश आइपुगेपछि आदेशमा भने अनुसार निर्णय लिने बताएका छन् । उनका अनुसार आदेश मन्त्रालयमा आइपुगेको छ ।

तर मन्त्रालयले भने अझै आदेश आइनसकेको बताएको छ । मन्त्रालयका प्रवक्ता एवम् सह–सचिव रुद्रसिंह तामाङ आदेश प्रमाणित भएर आउनुपर्ने भएकाले केही समय लाग्ने बताउँछन् ।

‘आदेशमा इजलासका न्यायधिशले हस्ताक्षर गरेपछि प्रधानन्यायधिशले हस्ताक्षर गरेर प्रमाणित गरेपछि मात्रै मन्त्रालयमा आउँछ’, उनले भने, ‘आज भोलीमा आइपुग्छ होला, आउनासाथ हामी प्राधिकरणमा पठाउँछौँ ।’

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved