कर्मचारीकै ‘सेटिङ’मा चोर बाटोबाट डेढ अर्ब मास्क चीन निर्यात, नेपालमा हाहाकार

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 10, 2020 | 01:07:46 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालको निर्यात तथा आयात ठप्प प्रायः छ । करिब २ महिनादेखि कमी आएको आयात अहिले ९० प्रतिशत घटेको छ । निर्यात करिब ६० प्रतिशतले गिरावट आएको छ । मास्कको अस्वभाविक निर्यातका कारण निर्यातको अवस्था आयातको तुलनामा केही बलियो दखिएको छ । 

के भन्छन् व्यवसायी ?

हिमालय सिमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेल निर्यात र आयात दुबै कमजोर हुँदा व्यवसाय अस्तव्यस्त भएको बताउँछन् । उनका अनुसार २ महिनादेखिको अवस्थामा सुधार हुने संकेत नदेखिएका कारण व्यवसायीक गतिविधि अत्यन्त न्युन बिन्दुमा पुगेको छ । 

‘पहिले नै लोड भएका सामान अलिअलि आउँदैछन्, स्थलमार्गबाट हुने ढुवानी पूर्ण रुपमा बन्द छ, हवाई मार्गबाट केही निर्यात हुँदैछ, उनले भने, ‘यो पनि केही दिनमै शून्य हुने स्थितिमा छ, व्यवसाय त डामाडोल भयो ।’ 

कार्गो व्यवसायीको संगठन ‘नेफा’का केन्द्रीय सदस्यसमेत रहेका पर्यटन व्यवसायी इश्वर गुरुङ कोरोनाको अति प्रभावित चीनमा केही निर्यात भईरहेपनि तेस्रो मूलुकमा भने निर्यात शून्य रहेको बताउँछन् । गुरुङ भन्छन्, ‘कोरोनाबारे हल्ला बढी हुँदा सन्त्रास फैलियो, यसले पर्यटनमा ठूलो असर पारेको छ ।’ 

सरकारले मास्कको निर्यातमा लगाएको प्रतिबन्धका कारण पनि कालोबजारी बढेको उनको बुझाई छ । औषधी व्यवस्था विभागले रसायन तथा मेडिकल आपूर्ती संघ त्रिपुरेश्वरलाई माघ २० गते नै पत्राचार गरेर मास्क निर्यात रोक्न भनेको थियो ।

‘मास्कमा प्रतिबन्ध लगाएपछि कालोबजारीमार्फत निर्यात भएको कुरा साँचो हो, यसले २÷४ जना व्यवसायी मोटाए पनि सरकारलाई भने फाइदा भएन ।’ उनले थपे, ‘प्रतिबन्ध नलगाई निर्यात गर्न दिएको भए हुन्थ्यो, यस्तो भएको भए सरकारलाई पनि राजश्वमा फाइदा हुने थियो, इलिगल ट्रयाकबाट जाँदा सरकारले समेत राजश्व गुमायो ।’ 

डेढ अर्ब मास्क निर्यात हुँदा ‘शून्य’ आम्दानी

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले केही समयअघि मास्कको निर्यात अस्वभाविक रुपमा भएको भन्दै सरोकारवालासँग छलफल पनि गरेको थियो । तर कालोबजारीमार्फत मास्क निर्यात भएकोबारे भने विमानस्थल भन्सारले केही बोलेको छैन । 

विशेष स्रोतका अनुसार कोरोनाको संक्रमण सुरु भए यता मात्रै करिब डेढ अर्ब मास्क निर्यात भएको छ । नेपाली बजारमा सामान्य मास्कको मूल्य ४ रुपैयाँ २६ पैसा पर्ने भएपनि व्यापारीले १८ देखि २५ रुपैयाँसम्म मूल्यमा मास्क खरिद गरेर चीनमा निर्यात गरिरहेका छन् । सरकारले भने शून्य राजश्व पाएको छ ।

स्रोत भन्छ, ‘तपाई विमानस्थल पुग्नुभयो भने अहिले पनि मास्क निर्यात भईरहेको देख्न सक्नुहुन्छ, पोष्ट अफिसबाट सेटिङमा सरकारले निर्यात नगर्नु भनेको मास्क र स्यानिटाइजर निर्यात भईरहेको छ ।’ स्रोतले गैह्रकानुनी बाटोबाट निर्यात भएका कारण यति मात्रा र यति नै मूल्य बराबरको निर्यात भएको छ भन्न सकिने तथ्यांक नरहेको बताएको छ । 

धमाधम चीनमा मास्क निर्यात भईरहेपनि नेपालमा भने हाहाकार भएको छ । 

यसअघिः

कोरोना प्रभावः आयातमा नाकाबन्दीको झल्को, ३२ अर्ब क्षति हुने अनुमान

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved