काठमाडौँ विमानस्थलमा नियम विपरित जहाज पार्किङ, जुनसुकै बेला दुर्घटनाको जोखिम

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 15, 2020 | 12:06:49 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय मान्यता प्रतिकुल हुने गरी जहाजहरुको पार्किङ गर्ने गरेको पाईएको छ । नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थलमा जहाज पार्किङको अवस्था अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मान्यता विपरित पाईएको हो । 

विमानस्थलमा जहाज पार्किङ गर्दा आइकाओको मान्यता अनुसार गर्नुपर्ने भएपनि ठाउँ अभाव भन्दै विमानस्थलले ‘एक्टिभ एप्रोन’को ११ र १२ नम्बरमा ९ नम्बरको पछाडी जहाज राख्ने गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जहाज पार्किङ क्षमता जम्मा ९ वटा मात्रै छ । ९ वटा एक्टिभ एप्रोनको पछाडी २ वटा जहाज पार्किङ गर्न सक्ने गरी ११ र १२ नम्बर नाम दिईएका रिमोट पार्किङ क्षेत्र बनेको छ । ९ वटा ‘जहाज पार्किङ वे’को पछाडी २ वटा पार्किङ वे बनाईएपनि त्यो एक्टिभ छैन । 

‘अन्तराष्ट्रिय मान्यता विपरित नै भन्ने होईन, त्यहाँ अहिले बिग्रेका र जुन जहाज २४ घण्टा नउड्ने हो त्यो मात्रै राख्ने गरिएको छ’ नागरिक उड्डयन प्राधिकरणका प्रवक्तासमेत रहेका उप–महानिर्देशक राजकुमार क्षेत्रीले भने, ‘दक्षिणपट्टी २ वटा जहाज पार्किङ गर्न सक्ने क्षमताका पार्किङ वे बन्दैछ, त्यो वे अपरेशनमा आएपछि यो समस्या समाधान हुन्छ ।’ 

‘११ र १२ नम्बर पार्किङ क्षेत्र एक्टिभ एप्रोन होईनन्’ उनले थपे, ‘घरिघरी निकालिरहनुपर्ने जहाज त्यहाँ राख्ने होईन, उडान नभर्ने र कम्तीमा २४ घण्टा नउड्ने जहाज राखिने भएकाले यसले कुनै पनि समस्या आउने देखिँदैन ।’ 

यसरी २ वटा जहाज पार्किङ क्षमता भएको सो ठाउँमा राखिने र राखिएका जहाजहरु तत्काल निकाल्न गाह्रो हुने विमानस्थलकै अधिकारीहरु बताउँछन् । त्रिभुवन विमानस्थलका प्रवन्ध निर्देशक देवेन्द्र कार्की नै आफू यस विषयमा जानकार नभएको बताउँछन् । उनले यसबारे आफू प्राविधिकसँग बुझ्ने र त्यसपछि मात्रै जानकारी दिने बताएका थिए । तर करिब हप्तादिन पछि पनि उनीसँग सम्पर्क गर्दा केसी सम्पर्कमा आएनन् । 

उड्डयन क्षेत्रका जानकारहरु भने यो हेलचक्र्याँई भएको बताउँछन् । विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा हुने यस्ता हेलचक्र्याँइले कुनै पनि समयमा दुर्घटना निम्तिन सक्ने खतरा रहेको भन्दै उनीहरुले यसबारे नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन विमानस्थल र सरकारलाई बेलैमा सचेत हुन आग्रह गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved