कोरोनाले हवाई क्षेत्र नाजुक, ६ हजारको रोजगारी धरापमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 17, 2020 | 03:03:47 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड–१९ (कोरोना भाइरस)का कारण नेपालको पर्यटन क्षेत्र थिलथिलो भएको छ । होटल र उड्डयन व्यवसाय नराम्रोसँग प्रभावित भएको छ । पर्यटन क्षेत्रले मात्रै मासिक ४ अर्ब रुपैयाँ घाटा ब्यहोर्ने देखिएको छ । वायुसेवा व्यवसायमाले ११ अर्ब रुपैयाँ गुमाउनुपर्ने अवस्था सिर्जना भएको दुखेसो गरेको छ । 

हवाई व्यवसाय थिलथिलो

आन्तरिक वायुसेवा कम्पनीहरुका ५० प्रतिशत जहाज ग्राउण्डेड भएका छन् । बाँकी ५० प्रतिशत पनि सबैले उडान भर्दैनन् । यात्रु नहुँदा दैनिक ३÷४ वटा मात्रै उड्ने गरेका छन् । आन्तरिक उडान भर्ने १० कम्पनीका ५० जहाज छन् । नेपालमा वायुसेवा प्रदायक कम्पनीले ५ हजार ७३० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । 

आन्तरिक हवाई उद्योगमा सबैभन्दा ठूलो असर हेलिकोप्टर र स्टलमा परेको वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापा बताउँछन् । मार्च महिनाको मध्यबाट हेलिकप्टरहरुको व्यवसायीक सिजन सुरु हुने भएपनि कोरोना भाइरसका कारण ९५ प्रतिशत हेलिकप्टर ग्राउण्डेड भएका छन् । विभिन्न १० कम्पनीका गरी जम्मा ३३ वटा हेलिकप्टर छन् । हेलिकप्टर कम्पनीले ७२३ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन् ।

आधिकांश विमान तथा तथा हेलिकप्टर कम्पनीले आफ्ना कर्मचारीलाई बेतलवी बिदामा बस्न भनिसकेका छन् । सिजनमै लुक्ला र सिमिकोटको उडान घट्दा विमान कम्पनीको आम्दानी घटेको छ । खर्च गर्ने पर्यटक घटेका कारण आन्तरिक वायुसेवा कम्पनीको कमाइ बिग्रिएको हो

मार्च १० तारिखपछि अन्तराष्ट्रिय उडान ६० प्रतिशतसम्म रद्द हुँदा यात्रु पनि ७० प्रतिशतले घटेका छन् ।

व्यवसायीका २ माग

हवाई व्यवसायीले कोरोनाका कारण व्यवसाय बिग्रिएको भन्दै सरकारका सामू २ वटा माग राखेका छन् । पहिलो माग १ वर्षको ब्याज तिर्न नसक्ने र उक्त ब्याज साँवामा जोड्न आग्रह गरेका छन् । एक वर्षपछि साँवा र ब्याज तिर्ने गरी आफूहरुलाई यसको सहुलियत दिन माग गरिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल बताउँछन् ।

उनीहरुको दोस्रो माग छ बीमा वापतको रकममा सहुलियत । पूर्ण सिट क्षमतामा जहाज उड्दा तिर्नुपर्ने बीमा शुल्क र जहाज ग्राउण्डेड हुँदा तिर्नुपर्ने बीमा शुल्क फरक फरक कायम गर्न सरकारलाई आग्रह गरेका छन् । उनीहरुले जहाज ग्राउण्डेड हुँदा कुल बीमा शुल्कको १० प्रतिशत मात्रै तिर्न पाउनुपर्ने व्यवस्था गर्न माग गरेका छन् । 

विकल्पमा नयाँ प्याकेज 

केरोनाले विदेशी पर्यटकको आगमन ओरालो लागेपछि आन्तरिक पर्यटकमार्फत व्यवसायलाई टिकाउन व्यवसायीले विभिन्न विकल्प ल्याएका छन् । काठमाडौँ–पोखरा लक्जरी बसमा २२ सय रुपैयाँ भाडा छ, तर विमान कम्पनीहरुले १७ सय रुपैयाँमा उडाईरहेका छन् ।

‘नाफा नभएपनि व्यवसाय टिकाउन केही प्याकेज ल्याएका छौँ’ प्रवक्ता कँडेलले भने, ‘चन्द्रागिरीबाट १० हजारमा काठमाडौँको साइड सिन देखाउने, हेलम्बु, नवलपुर र गोसाईकुण्डका प्याकेज पनि छन् ।’ 

‘डोमेस्टिक प्यासेन्जर मुभमेन्ट पनि घटेका कारण व्यवसायीक रुपमा आम्दानी त छैन, तर पनि किन प्रयास नगर्ने भनेर प्रयास गरेका हौँ’ उनले भने ।

हेलिकप्टरहरुले गोसाईकुण्ड प्रतिव्यक्ति २० हजार रुपैयाँमा लगेर ल्याउने छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved