सरकारले भन्यो, ‘जुन देशमा हुनुहुन्छ त्यहीँ बस्नुस्, अहिले ल्याउन सक्दैनौँ’ (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2020 | 06:32:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले प्रतिबन्ध लगाएका देशमा भएका नागरिकलाई जुन देशमा हो, त्यही बस्न आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले सरकारले प्रतिबन्ध लगाएका देशमा रहेका नेपालीलाई प्रतिबन्ध अवधिभर उतै बस्न आग्रह गरेका हुन् । 

सरकारले युरोप, पश्चिम एसिया, खाडीसहितका ५५ मुलुलबाट चैत ३० सम्म नेपाल आउन प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध शुक्रबार मध्यरातबाट लागू हुनेछ ।

‘अहिले जहाँ हुनुहुन्छ, त्यही बस्नुस्’ कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका प्रवक्तासमेत रहेका सचिव विडारीले भने ।

हेर्नुहोस् भिडियोः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved