कोरोना संक्रमित युवती आएको जहाज पुष्टि हुन बाँकी, यात्रुको बारेमा के भन्छ कतार एयरलाइन्स ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2020 | 06:07:35 PM मा प्रकाशित

laxmi  sunrise bank

एक जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज सोमबार दिउँसो स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी एक १९ वर्षीया युवतीमा कोरोनाको संक्रमण भएको पुष्टि गरेका हुन् ।

सरकारले कोरोना संक्रमित व्यक्तिका रुपमा घोषणा गरेकी उनी कतार एयरवेजको जहाजमार्फत काठमाडौँ आएकी थिइन् । 

कुन उडानमा आएकी थिइन् उनी ?

कोरोनाको संक्रमण पुष्टि भएसँगै उनीसँगै एउटै फ्लाइटमा काठमाडौँ ओर्लिएका यात्रुहरुको खोजी सुरु भएको छ । मार्च १७ अर्थात् चैत ४ गते कतार एयरले काठमाडौँमा ३ वटा फ्लाइट गरेको थियो । बिहान, साँझ र राती गरी भएका उडानमध्ये कुन उडानमा आएकी विद्यार्थीमा कोरोनाको संक्रमण पुष्टि भएको हो भन्ने यकिन भईसकेको छैन । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्तासमेत रहेका उपमहानिर्देशक राजकुमार क्षेत्रीले दोहाबाट बिहान १०ः३० बजे काठमाडौँ एयरपोर्टमा लयाण्ड भएको फ्लाइट नम्बर क्यू आर ६५२ मा उनी आएको हुन सक्ने बताएका छन् । तर यो पुष्टि भने भइसकेको छैन । उक्त उडानमा २०५ जना यात्रु थिए । 

प्रवक्ता क्षेत्रीले भने, ‘उक्त दिन दोहाबाट ३ वटा फ्लाईट भएको छ, बिहान आएको फ्लाइटमा नै उनी आएकी हुन् की भन्ने हो, यसको थप अनुसन्धान हुन बाँकी छ, अहिले त्यसको अनुसन्धान भइरहेको छ ।’

मार्च १७ अर्थात् चैत्र ४ गते कतारको दोहाबाट कतार एयरलाइन्सका ३ जहाजले काठमाडौँमा उडान गरेका थिए । बिहान १०ः३० बजे क्यू आर ६५२ नम्बरको जहाजमा २०५ जना, साँझ ७ः१० बजे क्यू आर ६५० नम्बरको जहाजमा १०६ जना र राती १२ः४० बजे क्यू आर ६४४ नम्बरका जहाजमा १५३ जना यात्रु काठमाडौँ आएका थिए ।

यसरी सो दिन कतारको दोहाबाट ४६४ जना व्यक्ति काठमाडौँ आएका थिए । यीमध्य एक जनामा कोरोना देखिएको हो । बाँकी यात्रुलाई अहिले सरकारले खोजि गरिरहेको छ ।

के भन्छ कतार एयरवेज ?

कतार एयरवेजले भने उक्त दिन कतारबाट आएकी यात्रुमा कोरोनाको संक्रमण भएका कारण सो दिन आफ्ना ३ जहाजले दोहो–काठमाडौँ उडान भरेको बताएको छ । कुन उडानमा आएकी यात्रुमा कोरोना देखिएको हो भन्नेबारे सरकारले अनुसन्धान गर्ने कतार एयरवेजका मार्केटिङ एक्जिकेटिभ अर्नभ नरसिंह राणा बताउँछन् ।

उनले नेपाल सरकारको आधिकारीक निकायले ‘सरकारी लेटर हेड’मा सो दिन आएका यात्रुहरुको विवरण माग गरे एयरलाइन्सले दिन सक्ने पनि बताएका छन् । तर सरकारी निकायले माग गर्दैमा त्यो सार्वजनिक गर्न नमिल्ने अन्तराष्ट्रिय नियम रहेको उनको भनाई छ । 

‘सरकारले माग्यो भने सार्वजनिक नगर्ने सर्तमा यात्रु विवरण दिन सकिन्छ’ राणाले भने, ‘ आफ्ना उडानमा यात्रा गरेका यात्रुहरुको गोपनियता कायम गर्नुपर्ने अन्तराष्ट्रिय नियम भएकाले कुनै पनि विमान कम्पनीहरुले विवरण सार्वजनिक गर्न मिल्दैन ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved