संक्रमित युवतीसँगै नेपाल आएका १२५ जनाको पहिचान खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2020 | 04:14:04 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतारबाट नेपाल आएका १२५ जनाको ठेगाना पत्ता लागेको छ । नेपाल प्रहरीले कोरोनाको सङ्क्रमण पुष्टि भएकी युवतीसँगै कतार एअरवेजको विमानमार्फत कतारको दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जनाको ठेगाना पत्ता लगाएको हो ।

देशका विभिन्न स्थानमा रहेका उनीहरुको स्वास्थ्य जाँच गरी क्वारेन्टाइनमा राख्न मातहतका निकायलाई पत्राचार गरिसकिएको प्रहरीले जनाएको छ ।

चैत ४ गते कतार एअरवेजको क्युआर ६५२ नम्बरको उडानमार्फत् उनी नेपाल आएको अध्यागमन विभागले पुष्टि गरेको छ । कोरोना पुष्टि भएकी विद्यार्थीसहित उक्त उडानमा १५८ जना यात्रु थिए । चैत्र ४ गते नेपाल आएका क्युआर ६५०, क्युआर ६५२ र क्युआर ६५३ गरी कतार एअरवेजका तीन वटै उडानमा यात्रा गरेका सबै यात्रुको विवरण प्रहरीले झिकाईसकेको छ ।

विमानस्थल अध्यागमन कार्यालयले यात्रुको परिचय सार्वजनिक गर्न नमिल्ने भन्दै सबै यात्रुको पासपोर्टको प्रतिलिपिसहितका कागजातका विवरण प्रहरीलाई बुझाइएको जानकारी दिए । नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले यात्रुहरूको विवरण प्राप्त भएको र पहिचान गर्ने प्रयास सुरु गरिएको बताएका छन् ।

उक्त दिन कतारबाट कतार एयरवेजका ३ उडानमार्फत ४६९ जना यात्रु नेपाल आएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved