नेपाल आएका १० हजार विदेशी पर्यटकको अवस्था कस्तो छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2020 | 09:54:13 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार लाडाउनको तेस्रो दिन । मंगलबारदेखि सुरु भएको लकडाउनका कारण देशका विभिन्न गन्तयमा पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरु अलपत्र परेका छन् । सोमबारसम्म आन्तरिक उडान चलिरहेका कारण पर्यटकको उद्वारमा कुनै समस्या नपर्ने ठानिएकोमा मंगलबारबाट लडकडाउन भएपछि आन्तरिक उडान पनि बन्द भएका छन् । 

नेपाल पर्यटन बोर्डले मार्च २० बाट पदयात्री सूचना प्रणाली (टिम्स कार्ड) वितरण बन्द गरेको थियो । तर उक्त मितिभन्दा पहिले नै पदयात्रामा निस्किएका पर्यटक पदमार्गमा अलपत्र परेका छन् । पोखरामा अड्एिका केही पर्यटकहरुलाई त्यहाँका स्थानीय व्यवसायीले खाना र बस्नको बन्दोबस्त गरेका छन् । 

कहाँ कति पर्यटक अलपत्र ?

पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) को भनाई अनुसार करिब ३ सय पर्यटक सोलुखुम्बु क्षेत्रमा अलपत्र छन् । ६ जना पर्यटक मनास्लु क्षेत्रमा रोकिएका छन् । अन्य कुन कुन गन्तव्यमा कति पर्यटक अलपत्र परेका छन् भन्नेबारे टान र बोर्डसँग नै यकिन तथ्यांक छैन । अहिले कुन कुन क्षेत्रमा कति पर्यटक अलपत्र अवस्थामा छन् भनेर तथ्यांक संकलनको काम भइरहेको टानले जनाएको छ । 

अध्यागमन विभागको रेकर्डअनुसार स्वेदश फर्किन बाँकी विदेशीहरुको संख्या करिब १० हजार छ । नेपालको भ्रमणकै लागि आएका विदेशीहरुको संख्या करिब ८ हजार छ । पर्यटन वोर्डका अनुसार एक हजार विदेशी पर्यटक सगरमाथा क्षेत्र र अन्नपूर्ण क्षेत्रको पदमार्गका क्रममा रहेको र लकडाउनले उतै रोकिएका छन् । उनीहरुलाई गृह मन्त्रालयसँगको समन्वयमा उद्वार गर्ने प्रयास भईरहेको वोर्डले जनाएको छ ।

यसबीच लकडाउन र अन्तराष्ट्रिय हवाई उाडन बन्द भएका कारण करिब ३५ सय विदेशी पर्यटकले भिसा अवधि लम्ब्याएका छन् ।

नेपाल आएका कोरियाली नागरिकलाई कोरियाले जहाज नै चार्टर गरेर फीर्ता लगिसकेको छ । आफ्ना बाँकी नागरिक फीर्ता लैजान पाउँ भन्दै कोरियाले नेपालसँग उडान अनुमति दिन पनि माग गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved