उडान अनुमति माग्दै एयरलाइन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2020 | 01:48:02 PM मा प्रकाशित

laxmi  sunrise bank

विमान तथा हेलिकप्टर कम्पनीले सरकारसँग उडान अनुमति माग्न थालेका छन् । हिमाली तथा पहाडी क्षेत्रमा अलपत्र परेका पर्यटकलाई उद्धार गर्न काठमाडौंबाट उडान अनुमति माग गरेका हुन् । 

पर्यटन र गृह मन्त्रालयको स्वीकृतिमा नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएपछि मात्रै जहाज तथा हेलिकप्टरहरु उड्न पाउने छन् । 

कस कसले माग उडान अनुमति ?

आज लकडाउनको तेस्रो दिन बिहिबार पर्यटकको उद्वारका लागि बिहान ३ वटा हेलिकप्टरले उडान भरेका छन् । हेलिकप्टरसँगै विमान कम्पनीले पनि उडान अनुमति माग गर्न सुरु गरेका छन् । 

तारा एयरले सोलुखुम्बुको लुक्लामा रहेका १४ जना पर्यटकको उद्वार गर्न उडान गर्ने अनुमति माग गरेको छ । ताराले आज नै उडान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुमति माग गरेको छ । मन्त्रालयले गृह मन्त्रालयमा सिफारिस पठाएपछि उडानका लागि नागरिक उड्डयन प्राधिकरण र विमानस्थलमा अनुमति माग्न पाउँने र त्यहाँबाट पनि अनुमति पाएको अवस्थामा मात्रै जहाजले उड्न पाउने पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved