उपभोग्य समान बेच्ने पसल दिनको ६ घण्टा खुलाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2020 | 06:33:14 PM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउनको समयमा पनि दिनको २ पटक दैनिक उपभोग्य बस्तु बिक्रि गर्ने पसल खुल्ने भएका छन् । सरकारले दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन पसल खोल्ने समय तोक्ने विषयमा छलफल गरेकाले अब दिनको २ पटक यस्ता पसल खुल्ने भएका हुन् । अब चामल, दाल, तेल, दूध, पानी र तरकारी पसल दिनमा २ पटक गरेर ६ घण्टा खुल्ने छन् । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका अनुसार दैनिक उपभोग्य वस्तु बेच्ने किराना पसल, तरकारी पसल र दुग्ध उत्पादन बेच्ने डेरी बिहान ४ देखि ८ बजे र दिउँसो ३ देखि ५ बजेसम्म खोल्न पाइने विषय छलफल हुँदैछ । बिहान ४ घण्टा र बेलुका २ घण्टा पसल खोल्ने विषयमा छलफल भएपनि निर्णय भने भइसकेको छैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved