उपप्रधानमन्त्री पोखरेलविरुद्द अख्तियारमा उजुरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 06:27:03 PM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री आयातमा ओम्नी कम्पनीलाई दिइएको ठेक्का सम्झौतामा भ्रष्टाचार गरेको भन्दै उनीविरुद्द वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार मुद्दा दायर गरेका हुन् । 

उपप्रधानमन्त्री पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र ओम्नी ग्रुपका सञ्चालकविरूद्ध त्रिपाठीले मुद्दा दायर गरेका हुन् । 

बुधबार साझा पार्टीका प्रदेश सभा सदस्य रमेश पौडेलले पनि यही प्करणमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरूद्ध अख्तियारमा उजुरी दिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved