पशुपतिका बाँदरलाई फलफुलको भोजन (भिडियोसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 05, 2020 | 09:49:30 PM मा प्रकाशित

laxmi  sunrise bank

मानिसहरु धर्मिक कार्यका लागि पुग्ने स्थलहरुमा बाँदरहरुको भिड हुन्छ । तर मानिसहरु विस्तारै घट्दै गएपछि बाँदरहरुको दिनचर्या पनि बदलिने रहेछ । 

मानिसले ल्याएका पूजा सामग्री तथा फलफूल फुत्त तानेर क्वाप्प खाइहाल्ने बाँदरहरु देख्दा कोही रिसले मुरमुरिन्छन्, कोही हँसिलो मुहार बनाउँछन् । तर अहिले बाँदरको अवस्था निकै दयनीय भएको छ । काठमाडौँका धार्मिक मठमन्दिरको वरिपरी देखिने राता बाँदरहरुको हुल अहिले तितरबितर भएका छन् । लकडाउनका कारण धार्मिक स्थलमा दशनार्थीहरु जान छोडेपछि बादरलाई केही समाजसेवीहरुले फलफुल खुवाईरहेका छन् । मानिसको आवतजावत नै ठप्प भएपछि खान नपाएर बाँदरहरु भौतारिरहेको दृश्य देखिएपछि हामीले काठमाडौँको पशुपति मन्दिर क्षेत्रभित्रै पर्ने गौरिघाटमा पुगेर बाँदरहरुलाई फलफुल खुवायौँ । केही बाँदर भोकले हिड्नै नसक्ने अवस्थामा थिए । उनीहरुलाई एकै ठाउँमा भेला पारेर केराका कोसा खुवाउन पाउँन ‘बिङ ह्युमन नेपाल’का सिइओ सुरज केसी खुशीले दंग थिए । 

पशु अधिकारकर्मीहरु यतिबेला भित्रै बसिरहेका छन् । तर मनकारी युवाहरु भने पशुपतिनाथ, थापाथली र स्वयम्भूमा पुगेर बाँदरहरुले पनि बाँच्नुपर्छ भनेर फलफुल खुवाउँनै तल्लिन छन् ।

भिडियोः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved