नेपालमा कालोबजारी गर्न चीनमै सेटिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2020 | 01:43:06 AM मा प्रकाशित

nepal oil ltd

जगदम्बा ब्रान्डको उत्पादक शंकर ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक सुलभ अग्रवाल महंगोमा ज्वरो नाप्ने थर्मो गन बेच्दै गर्दा रंगेहात समातिएपछि उनीमाथि बजारमा कोरोना उपचार सामाग्री अभाव सृजना गरेको आरोप समेत लागेको छ। 

अन्य कम्पनी तथा सँस्थाको कोरोना उपचार सामग्री चीनमा नै अड्काएर आफ्नो सामान मात्र नेपाल ल्याएको आरोप उनीमाथि लागेको छ। कोरोना उपचार सामग्री लिन चैत २० गते बिहान ११ः३३ बजे काठमाडौंबाट चीनको ग्वाङझाओका लागि प्रस्थान गरेको जहाज चैत २१ गते शुक्रबार बिहान ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्यो। वाइडबडी जहाजको क्षमता ४० टन भएपनि मात्र १२ टन कोरोना उपचार सामग्री लिएर नेपाल फर्कियो।  उक्त दिन सिट सहित भएकाले वाइडबढी जहाजले ३० टनसम्म सामान ल्याउने क्षमता राख्ने अनुभवीहरुको भनाई छ। 

सामानको पर्खाईमा रहेका व्यवसायीले आफ्नो सामान नआउनुको कारण सोध्दा जहाज चार्टर गर्ने कम्पनी फ्ल्यास फ्राइट लजिस्टिककी प्रतिनिधि नम्रता श्रेष्ठले ७ दशमल ५ टन मात्रै आएको र अरु सामान उतै छुटेको जवाफ फर्काइन। गोन्जाव विमानस्थलको भन्सारले सामानको स्पेसिफिकेसन क्लिएरेन्स हुनुपर्छ भन्दै चेक चाँज थालेपछि अरु व्यवसायीको सामान छुटेको उनले स्पष्टिकरण दीईन। 

उक्त दिन चौधरी फाउन्डेसनको र नर्भिक अस्पताल, अग्रवाल समुह र दिपक मलहोत्राको गरि करिब १२ टन सामान आएको खुलेको छ। चार्टड क्षमता ३० टन हुँदाहुँदै पनि मात्र १२ टन सामान लिएर उक्त जहाज नेपाल किन आयो भन्ने प्रश्न अग्रवाल र उनिनिकट तर्फ तेर्सिएको छ। 

नेपालमा कोरोना उपचार सामग्रीको अभाव बनाएर मौकामा चौका हान्ने दाउमा शंकर ग्रुपको सेटिङमा अन्य व्यवसायी तथा संघसंस्थाको सामान उतै छुटाईएको आंकलन गर्न थालिएको छ। शंकर ग्रुपका सुलभ अग्रवालले लागत भन्दा २५० प्रतिशत बढी मुल्यमा थर्मोगन बेच्ने क्रममा पक्रीएपछि चार्टड कम्पनी र अग्रवाल समुहको सेटिंङमा चीनमै सामान छुटाएको आशंका बढेको छ। त्यसदिन यता बजारमा थर्मोगन प्रति पिस १५ हजार देखि २२ हजारसम्म बिक्रि भईरहेको पाइएको छ। 

नेपाल वायुसेवा निगमको जहाज चार्टड गरेर सामान ल्याउँदा प्रतिघण्टा १८ हजार १०० डलर तिर्नुपर्ने हुन्छ। उही रकम तिर्दा पनि ३० टन सामान ल्याउने क्षमता हुँदा पनि केहि व्यवसायीको मात्रै १२ टन सामान ल्याउनुले नेपालमा कालोबजार गर्न चीनमा नै सेटिङ भएको बजारचर्चा छ।   

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved