लकडाउनका कारण काठमाडौंमा रहेका विभिन्न जिल्लाका व्यक्तिहरुले शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर जान सक्ने भएका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको उच्चस्तरीय समितिको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।
काठमाडौँमा रहेका विभिन्न जिल्लाका मानिसहरु हिडेरै गाउँ फर्कन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।