काठमाडौँमा रहेका विभिन्न जिल्लाका नागरिकलाई सम्बन्धित जिल्लामा पठाउने निर्णयबाट सरकार पछि हटेको छ । उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले शुक्रबार र शनिबार काठमाडौँबाट बाहिर जान चाहेकाहरुलाई सुरक्षित रुपमा पठाउने निर्णय भएको भनिएपनि एकाएक सरकार पछि हटेको हो ।
‘यसरी मानिस पठाउँदा थप जोखिम हुन सक्ने भन्दै समितिले तत्काललाई यो निर्णय कार्यान्वयन नगर्ने भएको हो’ उच्च स्रोतले भन्यो ।