अग्रवाललाई छुटाउन राज्यमन्त्रीले भनसुन गरेकै हुन् त ? (भिडियोसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 10, 2020 | 07:39:54 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग, वाणिज्य तथा आपूर्ती राज्यमन्त्री मोतिलाल दुगडले कालोबजारीको अभियोगमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई छुटाउन आफूले कुनै भूमिका नखेलेको दाबी गरेका छन् । ज्वरो नाप्ने थर्मोमिटर बेच्दा कालोबजारी गरेको आरोपमा व्यवसायी अग्रवाल पक्राउ परेपछि उनलाई छुटाउन राज्यमन्त्री दुगडले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापालाई भेटेर पहल गरेको भन्ने आशयाका समाचार प्रकाशन तथा प्रशारणपछि उनले आफूले कुनै भूमिका नखेलेको दाबी गरेका हुन् । 

शुक्रबार बिजपाटीसँगको कुराकानीमा राज्यमन्त्री दुगडले आफू पक्राउ गर्ने र छुटाउने निकायको व्यक्ति नभएको भन्दै अनावश्यक हल्लाको पछाडी नलाग्न अनुरोध गरेका छन् । उनले व्यवसायीक संगठनका व्यक्तिहरुले आफूसँग यस विषयमा चासो राखेको भएपनि आफूले छुटाउने उद्देश्यले कसैसँग भेटघाट, भनसुन र दबाब नदिएको बताएका छन् । 

‘केही साथीहरुले भेट्नु भएको हो, व्यवसायी साथीहरुले पनि प्रतिष्ठित व्यवसायीक घरनाँको मान्छेले त्यस्तो लोभ गर्नुहुन्नथ्यो भनेर नै भन्नु भएको छ’ उनले भने, ‘भेटमा छुटाउन पहल गरिदिन न उहाँहरुले भन्नु भएको छ न मैले नै कोही कसैलाई भेटेर भनसुन गरेको छु । म पक्राउ परेको व्यक्ति छुटाउने हैसियतमा पनि छैन ।’ 

उनले समाचारमा आएका कुराहरु पुष्टि गर्न चुनौतीसमेत दिएका छन् । 

भिडियोः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved