नेपालका गाउँपालिका अध्यक्षमाथि भारतमा कोरोना फैलाउन षड्यन्त्र गरेको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2020 | 09:25:02 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय संचारमाध्यमले पर्सा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँमाथि भारतमा कोरोना फैलाउन  षडयन्त्र गरिरहेको आरोप लगाएका छन्। आजतक लगायतका दर्जनौं संचारमाध्यमले त्यहाँको स्थानीय प्रशासनलाई उद्र्त गर्दै पालिका अध्यक्ष मियाँमाथी यस्तो आरोप लगाएका हुन्। 

सिमा सुरक्षा बल एसएसबि पन्टोका, रामगढवा बटालियनले पश्चिम चम्पारणका जिल्ला अधिकारी कुन्दन कुमारलाई लेखेको पत्रलाई आधार बनाएर त्यहाँका संचार माध्यमले यस्तो आरोप लगाएका हुन्। 

पालिका अध्यक्ष मियाँले नेपालका ४० देखि ५० जना कोरोना संक्रमण आशंकाका मुस्लिमहरुलाई भारत पठाएर त्यहाँ कोरोना फैलाउन खोजेको सूचना आफुले पाएको बिषयलाई आधार मानेर त्यहाँका संचार माध्यमले यस्तो आरोप लगाएका हुन्।  

सिमा सुरक्षा बलले अप्रिल ३ तारेखमा नै आफुलाई यससम्बन्धमा सूचना दिएको भन्दै जिल्ला अधिकारी कुन्दन कुमारले अप्रिल ६ तारिखमा पश्चिम चम्पारण बेतियाका एसपी नितीशा गुडियालगायत सबै जिल्लाका सुरक्षा अंगलाई पत्रचार गरेको पत्रमा उल्लेख छ। गाउँपालिका अध्यक्ष मियाँमाथी उक्त पत्रमा हतियास तस्करको आरोप समेत लगाइएको छ। 

नेपाल का 'जालिम मुखिया' भारत में कोरोना फैलाने का बना रहा प्लान

भारतीय संचार माध्यममा आएको समाचार आफ्नो चरित्रहत्याको षडयन्त्र भएको मियाँले बिजपाटीसँगको कुराकानीमा बताए। भारतीय संचार माध्यममा आफूसँग जोडेर आएका समचार निराधार भएको उनले बताए। "सबै खबर झुटा हुन्, यसबारे गृह मन्त्रालय र स्थानीय सुरक्षा निकायलाई जानकारी गराएको छु।"आफुमाथि गम्भीरमाथि आरोप लागेको बताउदै मियाँले यसबारे आफुले कानुनी उपचार खोज्ने बताए। 

यस बिषयमा नेपाल स्थित भारतीय राजदूतावासमा समेत कुराकानी भईसकेको र मियाँमाथि त्यस्तो कुनै आरोप नलागेको दुतावासले जनाएको मुस्लिम समुदायका एक अगुवाले बिजपाटीलाई बताए। हामीले पर्सा जिल्ला प्रमुख अधिकारि र गृहमन्त्रालय मात्र नभई भारतीय दुतावाससँग पनि कुराकानी गरिसक्यौं तर दुवातासले संचार माध्यममा आएजस्तो मियाँमाथि भारत सरकारको कुनै आरोप नरहेको जवाफ आएको छु उनले भने

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved