सनसिटीका कोरोना संक्रमितसँगै आएका १५३ यात्रु कहाँ छन् ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 15, 2020 | 01:04:55 PM मा प्रकाशित

laxmi  sunrise bank

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका २ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएपछि काठमाडौँमा कोरोना भाइरसको त्रास बढेको छ । ८१ वर्षीया वृद्धा महिला र ५८ वर्षीया पुरुष (आमा/छोरा) मा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनीहरुसँगै यात्रा गरेर काठमाडौँ ओर्लिएकाहरुको खोजी सुरु भएको छ । 

संक्रमण पुष्टि भएका २ जनासहित १५३ जना यात्रु कतार एयरवेजको उडान मार्फत चैत्र ४ गते काठमाडौं उत्रिएका थिए । बेलायतबाट कतारको दोहा ट्रान्जिट भएर काठमाडौं उत्रिएका उनीहरु कतार एयरवेजको क्यूआर ६४४ नम्बरको विमानमार्फत काठमाडौं ओर्लिएका थिए । 

लक डाउनको घोषणा हुनु अगावै काठमाडौँ आएका उनीहरुको खोजी कार्य तीब्र बनाईएको प्रहरीले जनाएको छ । सरकारले कोरोना संक्रमणको पुष्टि भएका २ जनासँग सम्पर्कमा रहेका र उनीहरुसँगै एउटै उडामार्फत काठमाडौँ आएकाको अनिवार्य खोजी गर्न निर्देशन दिएको छ ।

सरकारले आफैँ सम्पर्कमा आएर समेत परीक्षण गराउन अपिल गरेको छ । विमानस्थल कार्यालय र कतार एयरवेजले उक्त उडानमा आएका सबै यात्रुको विवरण प्रहरीलाई मंगलबार नै उपलब्ध गराइसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved