मारवाडी सेवा समितिले बाँडेको औषधि खाँदा कोरोना नलाग्ने हो ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 09, 2020 | 02:23:12 PM मा प्रकाशित

laxmi  sunrise bank

मारवाडी सेवा समितिले कोरोना भाइरसको संक्रमण फैलन नदिन निशुल्क रुपमा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरिरहेको छ । समितिले कोरोना भाइरसको संक्रमण फैलन नदिने उदेश्यका साथ देशैभरी ‘आर्शेनिकम एल्बम ३०सी’ नामक औषधि पठाईरहेको छ । 

समितिका अनुसार हालसम्म २५ लाख मानिसलाई यो औषधि पठाईसकिएको छ । हालसम्म ५० जिल्लामा यो औषधि पठाईसकिएको र बाँकी जिल्लामा पनि पठाउने तयारी भईरहेको समितिका ललित जोधानीले जानकारी दिए । 

प्रमाणित गर्ने निकाय कुन हो ?

मारवाडी सेवा समितिले वितरण गरेको औषधि भारतमा प्रमाणि भएको दाबी गरिएको छ । समितिका अनुसार भारतको आयुर्वेदा, योदा तथा नेचुरोप्याथी उननि, शिद्धा शोवा रिक्पा र होमियोप्याथी (आयुष) मन्त्रालयलले रोग प्रतिरोधात्मक क्षमता बढाउन उपर्युक्त भनेर सो औषधिलाई प्रमाणित गरेको हो ।

मन्त्रालयले यो औषधिलाई कोरोना भाइरसको संक्रमण रोक्न प्रभावकारी भनेपनि भारतीय ‘फ्याक्ट चेक’ गर्ने वेभसाइटले नै त्यो औषधि मन्त्रालयले भनेजस्तो प्रभावकारी रहेको आधिकारीक पुष्टि गर्ने कुनै प्रमाण नरहेको दाबी गरेको छ । भारतको गैह्र नाफामूलक ‘फ्याक्ट चेकिङ’ वेभसाइड अल्ट न्युजले उक्त औषधि मन्त्रालयले दाबी गरे जस्तो कोरोना लाग्न रोक्ने खालको नभएको उल्लेख गरेको छ । उसले यो औषधिले कोरोना लाग्न नदिएको आधिकारिक प्रमाण नभेटिएको समेत लेखेको छ ।

नेपालमा समितिले यो औषधि वितरण गरिरहेपनि सरकारी निकायबाट भने कुनै जानकारी नआएको जवाफ आएको छ । औषधिका विषयमा प्रत्यक्ष सरोकार राख्ने औषधि व्यवस्था विभागमा पनि मारवाडी सेवा समितिले ‘आर्शेनिकम एल्बम ३०सी’ नामक औषधि वितरण गर्दैछौ भनेर जानकारी नगराएको भेटिएको छ ।

विभागका सूचना अधिकारी शन्तोष केसी विभागमा यसबारे कुनै छलफल नभएको बताउँछन् । उनले रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गर्नू नराम्रो नभएपनि यसले कोरोना लाग्दैन भनेर हल्ला गर्न नहुने बताएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयुर्वेदिक औषधिका सम्बन्धमा निर्देशिका पनि जारी गरेको छ । विश्व स्वास्थ्य संगठनले अहिलेसम्म कोरोना नै लाग्न नदिने कुनै पनि औषधि सिफारिस गरेको छैन । त्यसैले कुनै पनि औषधि वितरण गर्दा कोरोना लाग्न दिँदैन भन्न नहुने विभागको भनाई छ ।

नेपालमै बनाउने तयारी

मारवाडी सेवा समितिले उक्त औषधि नेपालमै बनाउने तयारी थालेको छ । १५ जना डाक्टरहरुको समूह समितिको कार्यालय न्युरोड, रञ्जना गल्लीस्थित कार्यालयमा खटिएका छन् । 

‘कच्चा पदार्थ जम्मा गरेर हामी यही यो औषधि बनाउँदै छौँ’ समिति स्रोतले भन्यो, ‘१५/१६ जना डाक्टरहरुको समूह अहिले यसमा खटिएको छ । केही दिनमै यही उत्पादन सुरु गर्छौँ ।’ 

समिति आफैँले उत्पादन गरेपनि निःशुल्क रुपमा नै वितरण गर्ने जनाएको छ । सय वर्ष अघि आएको फ्लुको संक्रमण रोक्दा पनि यही औषधि प्रयोग गरिएको बताईएको छ । 

‘सय वर्ष अघि आएको फ्लु रोक्न पनि यो औषधिको प्रयोग भएको पाइन्छ’ समिति स्रोत भन्छ, ‘त्यतिबेला फ्लुका संक्रमितलाई अरु औषधि खुवाउँदा संक्रमितमध्ये ४० प्रतिशतको मृत्यु भएको थियो, जब यो औषधि खुवाउन थालियो तब मृत्युदर १ प्रतिशतमा सिमित भएको पाईयो ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved