बैंकका मालिकको 'लबिङ' सफल भए शेयरबजारमा थप उत्साह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2020 | 11:07:45 AM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य बैंकका मालिकहरुको 'लबिङ' सफल भए शेयर बजारमा थप उत्साह आउँन सक्ने विज्ञहरुले आंकलन गरेका छन् । मौद्रिक नीति सार्वजनिक हुने मिति नजिकिदै गर्दा बैंकका मालिकहरु आफ्ना विभिन्न मागहरुलाई मौद्रिक नीतिमा समेट्नको लागि तिब्र लबिङ गरिरहेको पाइएको छ। 

व्यवसायी समेत रहेका बैंकका मालिकहरुले विभिन्न भेटघाट मार्फत आफ्ना मागहरु सम्बोधन गराउनको लागि दबाब दिइरहेका छन्। बक्यौता रहेको सावाँ ब्याजलाई प्रोभिजन गर्नुपर्दा त्यसले तेस्रो त्रैमासमा ३ अर्ब ४० करोड मुनाफा गरेको बैंक समेत नोक्सानीमा जाने हुँदा सेयरधनीहरुले लाभांश नपाउने अवस्था आउँन सक्ने भएकाले प्रोभिजन नै गर्ननपर्ने नीति ल्याइदिनको लागि बैंकका मालिकहरुले अर्थमन्त्रालय र राष्ट्र बैंकमा लबिङ गरिरहेको स्रोतको दाबि छ। 

कानुनी प्राबधानअनुसार क, ख, र ग तिनैवटै बर्गका वित्तीय संस्थाले नउठेको र स्पष्ट रुपमा उठ्न नसक्ने कर्जाको शतप्रतिशत तथा अन्य कर्जाको साढे १२ प्रतिशत प्रोभिजन गर्नुपर्ने हुन्छ। चैत ११ देखि सुरु भएको लकडाउनका कारण धेरैले सावाँ ब्याज तिरेका छैनन् भने प्रयटन तथा सेवा क्षेत्रसंग जोडिएका व्यवसायीहरुले स्पष्ट रुपमा कर्जाको ब्याज तिर्न नसक्ने अवस्थामा छन्। 

होटल, उड्ड्यन, यातायात, शिक्षा लगायतका क्षेत्रले स्पष्ट रुपमै समयमै सावाँ ब्याज तिर्न नसक्ने अवस्थामा छन्। कानुनी प्राबधानअनुसार यस्ता कर्जाको शतप्रतिशत प्रोभिजन गर्नुपर्ने हुन्छ। जसले गर्दा बैंकहरुले पछिल्लो ८ बर्षको नाफा बराबरको रकम प्रोभिजनमा छुट्याउनुपर्ने अवस्था आउँन सक्ने सानिमा बैंकका सीएफओ तथा चार्टड एकाउन्टेन्ट सरोज गुरागाईंले एक सार्वजनिक कार्यक्रममा बोलेका छन्। 

त्यस्तै राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले समेत कोरोनाले निम्त्याएको लकडाउनका कारण हिजो आम्दानी प्रभावित भएको तर अब बैंकहरुको खराब कर्जा बढ्न सक्ने बताएका छन्।  यसले खराब कर्जा अनुपात बढ्दै जाँदा  त्यहि अनुसार प्रोभिजन गर्नुपर्ने रकम पनि बढ्दै जाने भएकाले  यसले बैंकहरुको मुनाफा प्रभावित हुनुका साथै लगानी गर्न सक्ने क्षमतामा पनि ह्रास  आउने उनले बताएका छन्। 

यो पनि: 'यो बर्ष बैंकहरुको मुनाफा ३० प्रतिशतले घट्छ'

यस्तो अवस्थामा बक्यौता रहेको ब्याजबारे स्पष्ट रुपमा नीतिगत निर्णय गर्नुपर्ने उनको भनाई छ। अहिलेको परिस्थिति विशिष्ट किसिमको हो भन्ने सोचेर ब्याज तिर्न नसकेको कारणले प्रोभिजन गर्नुपर्ने लगायतका व्यवस्था हटाउनुपर्ने र यसको व्यवस्थापनको लागि  पुस मसान्तसम्मलाई अवसर दिनुपर्ने उनको भनाई छ। 

प्रोभिजनको व्यवस्था हटाउने गरि मौद्रिक नीति ल्याउनका लागि  बैंकर पनि र व्यवसायी पनि रहेका चन्द्र ढकाल लगायतले लबिङ गरिरहेको स्रोतको भनाई छ। मौद्रिक नीतिमा सावाँ तथा ब्याजलाई पुनर्संरचना गर्ने, पुनर्तालिकीकरण गर्ने, ब्याजलाई पुंजिकृत गर्ने लगायतका व्यवस्था गरिदिनका लागि उनीहरुले दबाब दिइरहेका छन्।  

प्रोभिजन गर्नुपर्ने, पुनर्संरचना गर्ने, पुनर्तालिकीकरण गर्ने, ब्याजलाई पुंजिकृत गर्ने लगायतका उपायहरु समाधान नभई समस्यालाई पर सार्ने विकल्प मात्र भएपनि राष्ट्र बैंक यहि उपाय अपनाउने अवस्था रहेको पाइएको छ। यसो गर्दा तत्काललाई समस्या नभएजस्तो देखिने र सेयरधनीले पनि लाभांश खान पाउने भएपनि भविष्यमा खराब कर्जा बढ्न गई बैंकनै जोखिममा हुने र भारतको जस्तो बैंकनै डुब्ने अवस्थालाई नकार्न नसकिने विश्लेषण गरिएको छ।

बैंकका मालिकहरुको लबिङलाई राष्ट्र बैंकले साथ दिने कुरा बारे जानकारी भएका र बैंकका मालिकसँग निकट सम्बन्ध भएका सेयरका सँस्थागत तथा ठुला लगानीकर्ताले यो बर्षपनि बैंक वित्तीय संस्थाले राम्रै लाभांश दिनेमा बिश्वस्त देखिन्छन। त्यहि आत्मबिश्वासका कारण हिजो लकडाउनको बीचमा दुई दिन बजार खुल्दा उनीहरुले राम्रै रकमको सेयर उठाएको स्रोतको दाबि छ। 

सर्वसाधारण तथा गृहिणी धेरै भएको सेयरबजारमा अहिले 'बिज्ञ र बुलिस' ट्रयापको खतरा छ। बिज्ञको पहिचान बनाएका ठुला लगानीकर्ताले सेयरबजारले नयाँ उचाई लिने बताइरहेका छन्, जसले गर्दा बढेको बजारमा प्रवेश गर्ने सर्वसाधारण तथा गृहिणीहरुको ठुलो समुह बुलिस ट्रयापमा पर्न सक्ने देखिन्छ।  अहिले संचालन मै नरहेको, सावाँ तथा ब्याज समेत तिर्न नसकेको र कहिलेबाट संचालनमा आउंछ भन्ने प्रष्ट भईनसकेको होटेलको मूल्य पनि शेयर बजारमा बढिरहेको छ। यसबाट थाहा हुन्छ, सेयरबजार कसरी कसले चलाएको छ स्रोतको भनाई छ। 

केहि सिमित लगानीकर्ताले यसबारेको जानकारी पाएर शेयर उठाईरहेको र नाफा बुक गरेर शेयर बेच्ने गरेका छन् तर राष्ट्र बैंक इमान्दार बनेर समस्यालाई सार्ने भन्दा समाधान गर्ने गरि मौद्रिक नीति ल्याएको अवस्थामा  बैंकको मालिकहरुको लबिङ बिफल हुने देखिन्छ। अवस्था बैंकका मालिकको लबिङ बिपरित भएमा सेयरबजारमा पनि त्यसको प्रभाव पर्ने र भारि गिरावट आउँन सक्ने स्रोतको दाबि छ। 

तर राष्ट्र बैंकका उच्च अधिकारिहरुले सार्वजनिक फोरम मार्फत नै  मौद्रिक नीतिमा कर्जाको प्रोभिजन गर्नुपर्ने, पुनर्संरचना गर्ने, पुनर्तालिकीकरण गर्ने, ब्याजलाई पुंजिकृत गर्ने लगायतका उपायहरु अपनाइने कुरा भनिसकेको अवस्था छ। जसले गर्दा यो आर्थिक बर्ष बैंक वित्तीय संस्थाको मुनाफा करिब २५ देखि ३० प्रतिशत प्रभावित हुने देखिन्छ। 

यो पनि:  बैंकहरुलाई लाभांश वितरणमा बन्देज लाग्ला ? यसो भन्छन् गभर्नर
त्यसो त गभर्नर महाप्रसाद अधिकारिले पनि कोरोनाको प्रभाव हेरेर मात्र पुनर्संरचना र पुनर्तालिकीकरणको व्यवस्था गरिने अर्थसमितिमा जवाफ दिने क्रममा बोलेका छन् । पुनर्तालिकीकरणको अवधि लम्बिन सक्नेहरुको हकमा ब्याजलाई पुंजीकृत गर्न सकिने तर्फ उनले संकेत गरेका छन्। त्यस्तै गभर्नर अधिकारिले कसैलाई पनि अप्ठेरो नपर्ने गरी बैंक तथा वित्तीय संस्थाको लाभांश वितरण बारे निर्णय लिईने बताएका छन् । यसको अर्थ प्रोभिजन गर्नुपर्ने कर्जालाई मौद्रिक नीति मार्फत 'रिल्याक्सेसन' दिने बाटोमा राष्ट्र बैक रहेको देखिन्छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved