‘फेरि लकडाउन गरिए मूलुक वर्वादीमा जान्छ’

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 09, 2020 | 03:36:23 PM मा प्रकाशित

laxmi sunrise bank

उद्योगी व्यवसायीहरुले पुनः लडकउन हुन नहुने बताएका छन् । ४ महिनाको लकडाउनका कारण बिग्रिएको अर्थतन्त्र झन ध्वस्त हुने भन्दै उनीहरुले अबको विकल्प लकडाउन हुनै नसक्ने बताएका हुन् । 

‘व्यवसाय र स्वास्थ्य सँगसँगै हुनुपर्छ, लकडाउन गरेर आर्थिक कारोबार रोक्दा देश बर्बादीतर्फ जान्छ’ नाडाका अध्यक्ष दुलालले भने, ‘पुनः लकडाउन गर्नु भनेको उल्टो बाटो हिड्नु हो, यदि यस्तो गरियो भने मूलुक अन्धकारतिर धकेलिन्छ ।’

‘पुनः लकडाउन गर्दा देशको आर्थिक अवस्था टाट पल्टिन्छ’ दुलाले थपे, ‘एक पटक मात्रै कर उठाएर त सरकारलाई पुग्ने होइन नि, पटक पटक कर उठाउनु पर्ने हुन्छ, उद्योगी व्यवसायीले तिर्नुपर्ने हुन्छ । लकडाउन भएपछि उद्योग व्यवसाय ठप्प हुन्छन्, कर तिर्न सक्ने अवस्था आउँदैन, कर तिर्ने क्षेत्रले नै तिर्न नसकेपछि देशको ढुकुटीको हालत के होला ?’

महासंघका कार्यसमिति सदस्य अञ्जन श्रेष्ठ पनि लकडाउन गर्न नहुने पक्षमा छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत पुनः लकडाउन गर्न नुहने तर मानिसहरु आफैँ सुरक्षित भएर अर्थतन्त्रलाई चलयमान बनाइराख्नुपर्ने उल्लेख गरेका छन् ।

‘पुनः लकडाउनले सम्पूर्ण अर्थतन्त्रलाई ब्रेकडाउन गराउन सक्दछ, लकडाउनलाई स्वस्फुर्त रुपमा स्वयं व्यवस्थापन गर्ने तर्फ लागौं । सम्पूर्ण जनमानस सचेत होऔं । जागरुकताका साथ स्वास्थ्य र सुरक्षाको उपाय अवलम्बन गरौं, स्वस्थ रहौं सुरक्षित रहौं’ श्रेष्ठले ट्वीटरमा लेखेका छन् ।

‘स्थानीय तहका कारण अताल्लियौँ’

साउन महिनामा नै विभिन्न अफरहरु ल्याएर गुमेको व्यवसाय फर्काउने क्रममा व्यवसायीहरु लागेको बेलामा पुनः लकडाउन गरेर हतोत्साहित गर्ने काम नगर्न पनि उनीहरुले सरकारलाई आग्रह गरेका छन् । 

सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले अब चैत्र ११ देखि असार २६ सम्मकै मोडलमा लकडाउन गर्ने मनस्थितीमा सरकार नरहेको बताइसकेका छन् । तर स्थानीय तह र प्रशासनले संक्रमणको अवस्था हेरेर आफैँ सिल गर्ने र कर्फ्यु लगाउने काम गरिरहेका कारण व्यवसायी अताल्लिएका छन् ।

‘स्थानीय तहहरु र विभिन्न जिल्लाका प्रशासन कार्यालयहरुले कर्फ्यु लगाइरहेका छन्’ एक जना व्यवसायीले भने, ‘लकडाउनपछि थप लगानी गरेर व्यवसायीहरुले आफ्नो व्यवसाय सुरु गरेका छन्, फेरि लकडाउन भए उनीहरुको लगानी फस्ने र राज्यले कर पनि नपाउने अवस्था आउँछ ।’

लयमा फर्किदै व्यवसाय

लकडाउनका कारण सुस्ताएको अटोमोबाइल्स व्यवसाय लकडाउन खुलेसँगै लयमा फर्किन थालेको छ । दुई पाङ्ग्रे सवारीको व्यापार अन्य सवारीको तुलनामा धेरै छ । ४ पाङ्ग्रे नीजि सवारीको व्यापार पनि केही बढेको छ । तर लुक्रिकेण्टस् र स्पेयर पार्टको व्यवसाय भने सवारी साधनको तुलनामा कमजोर देखिएको छ ।

नाडाका अध्यक्ष दुलाल लकडाउन खुलेसँगै सवारी व्यवसाय शन्तोषजनक नै रहेको बताउँछन् । लुक्रिकेण्ट्स् र स्पेयर पार्टको व्यापार पनि खासै कमजोर नरहेको उनको भनाई छ । 

नाडाका अनुसार हाल दैनिक ३ सयको हाराहारीमा साना ठूला सवारीको बिक्रि भईरहेको छ । २ पाङ्ग्रेको हकमा भने एउटा शोरुमबाट दैनिक ५/६ वटा मोटरसाइकल र स्कुटर बिक्रि हुने गरेको नाडाका सदस्य प्रकाश कपुरी बताउँछन् । पुनः लकडाउन गर्दा व्यवसाय चौपट हुने भएकाले सुरक्षित रहँदै व्यवसायिक गतिविधि सञ्चालन गर्नुपर्ने उनको भनाई छ । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved