स्यानिटाइजरको सरकारी मूल्य तोकियो (सूचीसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 10, 2020 | 11:23:27 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले स्यानिटाइजरलाई अत्यावश्यक बस्तुको सूचीमा राखेर मूल्य निर्धारण गरेको छ । कोभिड–१९ संक्रमण बढेसँगै संक्रमण फैलन नदिने उपाय स्वरुप स्यानिटाइजरको प्रयोग बढेपछि गृह मन्त्रालयले अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को अपदफा (१) बमोजिमस्यानिटाइजरलाई अत्यावश्यक बस्तुको सूचीमा राखेको थियो । गृहले अत्यावश्यक बस्तुको सूचीमा राखेपछि औषधि व्यवस्था विभागले मूल्य तोकेको छ ।

विभागले ५० एमएल स्यानिटाइजर (जेल) को मूल्य ८० रुपैयाँसम्म तोकेको छ । रब ह्याण्ड स्यानिटाइजर ५० एमएलको अधिकतम ६५ रुपैयाँ तोकेको छ । विभागले २ सय एमएलभन्दा माथि उत्पादन गर्नेको हकमा भने प्रति एमएल १ रुपैयाँ ५० पैसाभन्दा नबढ्ने गरी बिक्रि गर्न भनेको छ । विभागले ५ लिटरको ग्यालिनमा भरेर भने जेल स्यानिटाइजर बनाउन नपाउने नियम बनाईएको विभागले जनाएको छ ।

नियम मिचेर मूल्य तोकियो

उद्योगीहरुले औषधि व्यवस्था विभागले हचुवाको भरमा मूल्य तोकेको आरोप लगाएका छन् । औषधि परामर्श परिषद्को सल्लाह अनुसार मूल्य तोकिनु पर्ने भएपनि आफू खुशी विभागका महानिर्देशकले मूल्य तोकेको औषधि उत्पादकहरुको आरोप छ । तर आफूहरुले यसलाई स्वीकार गरेको भएपनि भारतीय स्यानिटाइजरको हकमा भने मूल्य पनि नतोकिएको र ल्याब परीक्षण नगरिएको आरोप उद्योगीको छ ।

विभागले मूल्य तोकेपनि बजारमा भने तोकिएको मूल्यमा बिक्रि हुने गरेको छैन । खुला अर्थतन्त्रमा बजारको माग र आपूर्तिको आधारमा बस्तुको मूल्य निर्धारण हुने भएकाले सिलिङ तोकिने तर यतिमा नै बिक्रि गर्नुपर्छ भनेर सरकारी निकायले मूल्य तोक्न नसक्ने वाणिज्य विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदी बताउँछन् । अति आवश्यक बस्तुको सूचीमा मास्क र स्यानिटाइजरलाई समावेश गरिएपनि मूल्यमा एकरुपता कायम नहुँदा उपभोक्ता ठगिन सक्ने जोखिम भने रहेको उनको भनाई छ । विभागले सरोकारवाला निकायसँग समन्वय गरेर बजार अनुगमनलाई तीब्रता दिएको उनले बताए ।

सरकारले तोकेको मूल्यः 


जथाभावी उत्पादन दिईयो

स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागलाई स्यानिटाइजरको परिभाषा नै नबुझी जथाभावी उत्पादन गर्न दिएको आरोप लागेको छ । राष्ट्रिय औषधि नीति २०५१ ले स्यानिटाइजरलाई औषधिको सूचीमा राखेको र औषधि भनिसकेका कारण यो बस्तु औषधि उद्योगले मात्रै उत्पादन गर्न पाउनुपर्ने भएपनि जथाभावी उत्पादन दिईएको उद्योगीहरुले आरोप लगाएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलने क्रम बढेसँगै सुरक्षाका उपायमध्ये स्यानिटाइर पनि एक रहेका कारण औषधि उद्योगका रुपमा दर्ता नभएका उद्योगहरुले पनि स्यानिटाइजर उत्पादन गरिरहेका छन् । ऐन अनुसार औषधि व्यवस्था विभागमा दर्ता भएका नेपाली औषधि उद्योगले मात्रै उत्पादन गर्न पाउने भएपनि औषधि बाहेकका बस्तु तथा सामान उत्पादन गर्ने उदेश्यले दर्ता भएका उद्योहरुलाई पनि स्यानिटाइजर उत्पादन गर्न दिएर विभागले औषधि उद्योगमाथि अविश्वास गरेको औषधि उत्पादक संघको आरोप छ ।

मिथानलयुक्त स्यानिटाइजरको निर्वाध बिक्रि

‘भारतबाट आउने स्यानिटाइजरको मूल्य नतोकिएको मात्रै होइन, मिथानलको मिसावट जाँच पनि गरिएको छैन’ एक उद्योगीले भने, ‘औषधि व्यवस्था विभागसँग आजका दिनसम्म पनि मिथानलको मिसावट छ कि छैन भनेर परीक्षण गर्ने प्रविधिसमेत पनि छैन, भारतबाट आउने स्यानिटाइजरमा अधिकांशमा मिथानल पाइएको छ ।’

उनीहरुले आफूहरुले परीक्षण गर्दा केही कम्पनीका उत्पादनमा मिथालन भेटिएको भएपनि विभागले कुनै वास्ता नगरेको आरोप लगाएका छन् । स्यानिटाइजरमा ८० प्रतिशत अल्कोहल हुनुपर्ने र मिथानलको मात्रा हुन नहुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्ड भएपनि छाला र स्वास्थ्यलाई प्रतिकुल असर गर्ने मिथालन मिसावट भएका स्यानिटाइजर आउने क्रम नरोकिएको पाईएको छ । 

हाल नेपालमा बिक्रि भइरहेका स्यानिटनइजर मध्ये करिब १ दर्जन भारतीय कम्पनीको स्यानिटाइजरमा मिथानलको मिसावट पाईएको छ ।

मिथानलले गर्ने हानी

मिथानलले अन्धो हुने, मानसिक अवस्था बिग्रने र मृत्युसमेत नै हुन सक्ने भन्दै फुड एण्ड ड्रग्स एड्मििनिस्ट्रेशन (एफडीए) ले सचेत गराएको छ । चेतावनी स्वरुप ‘वार्निङ नोटिस’ सार्वजनिक गर्दै एफडीएले मिनाथललाई विषाक्त बस्तुकै सूचीमा राखेको छ ।

यसअघिः

मास्क र स्यानिटाइजरको मूल्य नतोकिनुको कारण के हो ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved