कालिमाटीका बिचौलियाहरुः जो स्टल कब्जा गर्छन्, तर तरकारी बेच्दैनन् (नामसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 17, 2020 | 04:09:00 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय सरकारको एक मात्र कृषि बजारका रुपमा रहेको ‘कालिमाटी तरकारी बजार’को स्टल भाडामा बिचौलियाको प्रभाव रहेको पुष्टि भएको छ । आफूले मासिक ८ देखि १५ हजार रुपैयाँ तिरेर बजार व्यवस्थापन समितिसँग स्टल लिने र त्यो स्टल फेरि अर्को व्यापारीलाई ८ देखि ९ गुणासम्म बढी पैसा लिएर भाडामा लगाउने गरेको पाईएको हो ।

अहिले कालिमाटी तरकारी बजारमा ६० देखि ७० जनाले यसरी स्टल भाडामा लिएर व्यापारीलाई ९ गुणा महँगो भाडा लिने गरी पुनः भाडामा लगाएको खुलेको हो । २६ जनाले २ देखि १५ वर्षसम्म आफूले व्यापार नगरी स्टल बुकिङ गरेर अरुलाई नै महँगोमा भाडामा लगाउनेहरुको सूची बिजपाटी डटकमले फेला पारेको छ । 

सूचीः

स्टल टुक्रा टुक्रा

यसरी स्टल भाडामा लिएकाहरुले आफूले भाडामा लिएको स्टललाई ३ देखि ४ भागमा विभाजन गर्ने गरेको पनि पाइएको छ । त्यसरी स्टल टुक्रा पारेर एक भागको ३० देखि ४० हजार रुपैयाँसम्म भाडामा लगाएको खुलेको हो ।

‘एउटा स्टललाई ३ देखि ४ कोठमा भाग लगाएर एउटा कोठाको ३० देखि ४० हजारसम्म लिने गरेको पाईएको छ’ स्रोतले भन्यो, ‘२ देखि १५ वर्षसम्म स्टल कब्जा गरेर अरुलाई भाडामा लगाएर बसी बसी पैसा कमाउनेहरुका कारण तरकारी तथा फलफुल महँगो हुन गएको छ । बिक्रि गर्नेहरुले महँगो भाडा तिर्नुपर्दा तरकारी स्वतः महँगो हुन जान्छ ।’

४ लाखसम्म डिपोजिट

समितिसँगको मिलेमतोमा बिचौलियाले आफूले भाडामा लिएको स्टल अरुलाई लगाउँदा सुरुमा नै ‘डिपोजिट’ का नाममा प्रति व्यापारी ३ देखि ४ लाखसम्म पहिले नै अशुल्ने गरेको स्रोतको दाबी छ । 

‘पसल छोड्दा फिर्ता दिने सर्तमा बिचौलियाले डिपोजिट भनेर ४ लाखसम्म अशुल्दा रहेछन्’ स्रोतले भन्यो, ‘त्यसरी लिएको पैसा बिचौलियाले कहाँ लगानी गरेर कसरी फाइदा कमाइरहेका छन् भन्नेबारे समितिले चासो पनि दिँदैन, अध्ययन पनि गर्दैन ।’ 

कार्यकारीकै सरुवा

समितिमा कार्यकारी निर्देशकका रुपमा कृषि तथा पशुपंछी मन्त्रालयले एक जना अधिकारी खटाउने गरेको छ । समितिले नै स्टलको शुल्क उठाउने भएकाले कार्यकारी निर्देशकको भूमीका खासै नहुने स्रोत बताउँछ । 

यसअघि समितिमा कार्यकारी निर्देशकका रुपमा तेजेन्द्र पौडेल थिए । बिचौलियाले स्टल भाडामा नै प्रभाव पारेपछि उनले समितिको बोर्डमा रहेका केही व्यक्तिसँग छलफल गर्दै छानबिन समिति गठनको प्रक्रिया थालेका थिए । तर उनको सरुवा भयो ।

‘तेजेन्द्र सर लामो समयदेखि कार्यकारी निर्देशक भएर बस्नुभयो, उहाँ एक्लैले चाहेर पनि यो समस्या समाधान हुने थिएन, त्यसैले उहाँले छानबिन समिति बनाउनेबारे बोर्डका सदस्यसँग छलफल थाल्नुभयो’ स्रोत भन्छ, ‘उहाँको कार्यकाल अन्तिम चरणमा थियो, बिचौलियाले यो थाहा पाएर उहाँको सरुवाका लागि दबाब दिएछन्, उहाँको सरुवा भएर अहिले बिनोद कुमार भट्टराई कार्यकारी निर्देशक भएर आउनु भएको छ । भट्टराई सरलाई पनि निकै चूनौति छ ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved