पोखरा पुग्यो फुड बैंक, नहुनेलाई निशुल्क खाद्यान्न वितरण

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Aug 28, 2020 | 03:10:47 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखराका चोकहरुमा तीन दिनदेखि 'महामारीमा तपाइसँगै हामी' लेखिएको व्यानर सगैँ केही युवाहरु देखिन्छन् । ब्यानर मै लेखिएको छ 'एउटा व्यक्तिले एउटा पोकामात्र, जे धेरै आवश्यकता छ त्यही लैजानु होला'।  सँगै राखिएका छन् तेल चामल, दाल, चिनि, नून, चना, मस्यौराको लगायतका खाद्यान्नका छुट्टा छुट्टै पोका। 

पोखरामा जारी गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्ने उदेश्यले युवाहरु निःशुल्क रुपमा खाद्यान्न वितरणका लागि चोक चोकका बस्दै आएका हुन् । प्रत्यक दिन छुट्टा छुट्टै चोकमा खाद्यान्नका पोका बोकेर पुगेका युवाहरु बिहानदेखि राखिएको सामग्री नसकिदा सम्म कुरेरै बस्ने गरेको बताउँछन् । 

'मोबाइल फुड कर्नर' नाम दिएर सुरु गरिएको अभियान अन्तरगत बिहीबारसम्म ५५० जनालाई निशुल्क रुपमा खाद्यान्न वितरण गरिएको केन्द्रका संयोजक क्षितिज सापकोटा बताउँछन् । अनेरास्वयूको केन्द्रीय सदस्य समेत रहेका सापकोटाको नेतृत्वमा बुधबार पृथ्वीचोक, बिहीबार बगर र शुक्रबार अन्तराष्ट्रिय संग्रहालयमा वितरण गरिएको छ । 

‘छ भने दिएर, छैन भने लगेर सहयोग गरौँ भन्ने नाराका साथ दिनमा ३ सय जनालाई वितरण गर्ने हाम्रो तयारी हो, दुई दिनमा ५५० जनालाई वितरण गरिसक्यौ', उनले भने, 'आज बिहान मात्र २ सय बढीलाई वितरण गरिसकेका छौँ, पोखरामा निषेधाज्ञा जारी हुँदासम्म हामी विभिन्न चोकहरुमा पुगेर वितरण गर्छौँ ।’

चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीमा निशुल्क रुपमा खाना, खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्रीहरु वितरण गरेको उनले बताए । यसरी वितरण गर्दा दैनिक गुजारा चलाउन अप्ठयारो हुने श्रमिक वर्गहरु छुटेको अनुभुती भएपछि थोरै खाद्यान्न बाड्न थालिएको उनी बताउँछन्। 

उनका अनुसार आफूलाई आवश्यक हुने सामग्री मध्येमा एक चिज मात्र लैजानु पर्ने प्रावधान राखिएको छ।  यसको कारण अतिआवश्यक पर्नेहरुले मात्र खाद्यान्न् लग्न पाउने उनले बताए ।  उनका अनुसार 'मोबाइल फुड कर्नर'मा दिनेभन्दा लैजाने बढी छन् । उनले भने 'हिजो अस्ती तीन जनाले दिनुभयो, आज बिहान दुई जनाले खाद्यान्न राखेर सहयोग गर्नुभयो' ।  

सापकोटाका अनुसार २ किलो चामल, एक÷एक किलो दाल, चिनी, मस्यौरा चना, आधि लिटर तेल र एक पोका नून खाना केन्द्रमा राखिएको छ । शहीद बेपत्ता स्मृति स्पोट्स स्कुलको सहकार्य तथा पोखराका व्यवसायी, विद्यार्थी तथा सहयोगीहरुबाट संकलन गरिएको खाद्यान्न वितरण गरिएको हो । 

नेपाल सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणलाई ध्यानमा राख्दै गत चैत ११ गतेदेखी गरेको बन्दाबन्दीको समयमा अलपत्र बनेका श्रमिकलाई निशुल्क रुपमा खाद्यान्न वितरण गरेका युवाहरुले पछिल्लो समय खाद्यान्न वितरण नयाँ तरिकाले सुरु गरेका हुन् । 

 'हुनेले दिएर जाऔँ, नहुनले लिएर' भन्ने नाराका साथ देशका विभिन्न स्थानमा फुड बैंक स्थापना गरिएको छ । मोरङबाट सुरु भएको फुड बैंक अथवा फुड सेन्टर को अवधारणा भैरहवा हुँदै पोखरासम्म पुगेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved