अब हराएको लाइसेन्स वा ब्लु बुकको सिफारिस लिन ट्राफिक कार्यलय धाउनु नपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2020 | 06:09:57 PM मा प्रकाशित

laxmi  sunrise bank

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएको लाइसेन्स, ब्लु बुक र रुट परमिट सिफारिस लिनका लागि ट्राफिक कार्यालय नै धाउनुपर्ने बाध्यताको अन्त्य गरेको छ। 

सेवाग्राहिले घरबाटै अनलाइन मार्फत फारम भरेर हराएको कागजातको सिफारिस बनाउन सक्ने महाशाखाका प्रमुख एसएसपी भीम ढकालले जनाएका छन्। सेवालाई थप सहज र सरल तथा कोरोनाको महामारीको विषम परिस्तिथिलाई मध्यनजर गरेर प्रहरी प्रधान कार्यालयको सहयोगमा अनलाइनबाटै हराएको डकुमेन्टको सिफारिस बनाउन सकिने व्यवस्था गरिएको ढकालले बताए। 

यो सेवा सुरु भएपछि बागमती प्रदेशबाट जारी गरिएको लाइसेन्स, ब्लु बुक र रुट परमिटको सिफारिस लिन ट्राफिक कार्यालय गएर लाइन बस्नुपर्ने दिनको अन्त्य भएको छ। यो सेवा सुरु भएपछि आज बुधबार मात्रै ३०० जनाले यो सेवा लिएका छन्। यसअघि कार्यलयमै आएर यस्तो सेवा लिनेको संख्या औषतमा दैनिक डेढ सय हुने गर्थ्यो। 

अनलाइनबाटै कसरी लिने सिफारिस 

यसका लागि ट्राफिक प्रहरीको वेबसाइट https://traffic.nepalpolice.gov.np/ मा गएर फर्म भर्नुपर्ने हुन्छ। वेवसाइटमा गएर  'Lost Document Application' मा क्लिक गर्नुपर्ने हुन्छ। 

जुन कागजात हराएको हो त्यहिअनुसार सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ। विवरण भर्नलाई लाइसेन्स, ब्लु बुक र रुट परमिट मध्ये एउटा छनौट गर्नुपर्छ। 

त्यसपछि निवेदकले नाम फोन नम्बर, ठेगाना र आफ्नो परिचय खुल्ने नागरिकता वा लाईसेन्स वा पासपोर्टको फाईलवा स्क्यान कपिसेवाग्राहीले अनलाइन प्रणालीबाट दिनुपर्ने हुन्छ। र हराएको कागजातको फोटो वा कुनै प्रमाण भए त्यो पनि त्यहाँ अपलोड गर्नुपर्ने हुन्छ। 

उल्लेख सबै कुरा भरेपछि सबमिट गर्नुपर्ने हुन्छ। यसरी सबमिट गरेपछि सेवाग्राहीले एउटा एप्लिकेशन नम्बर प्राप्त गर्छन। एप्लिसन नम्बर प्राप्त गरेको २४ घण्टापछि सेवाग्राहीले सिफारिस लिन सक्नेछन।

तर यसका लागि वेबसाइटमा गएर चेक एप्लिकेसनमा क्लिक गरी दिएको एप्लिकेसन नम्बर, पुरा नामथर र डकुमेन्ट्स नम्बर राखेर सिफारिस लिन सक्नेछन।

यसरी प्राप्त भएको सिफारिस रिपोर्टको प्रिन्ट लिएर सेवाग्राहीले यातायात कार्यालयमा गई हराएको लाइसेन्स, ब्लुबुक वा रुट परमिटको कागजात बनाउन सक्नेछन।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved