उपभोक्ता ठगी गर्ने शंकर ग्रुपका मालिकलाई संविधान दिवसमा तक्मा

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 23, 2020 | 12:32:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले संविधान जारी भएपछिका हरेक वर्षमा विभिन्न मानपदवी दिँदै आएको छ । तर, हरेक वर्ष केही न केही फण्डा मिसिएर विवादित पनि उत्तिकै बन्दै आएको छ । यसवर्ष पनि सरकारले संविधान दिवसका दिन विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गर्यो । सम्मानित हुनेहरुको सूचीमा अटाईएकाहरुको नाम सार्वजनिक हुँदा नै धेरैले आपत्ति जनाएका थिए ।

सम्मान थाप्नेहरुमा करौडौँको भ्रष्टाचार मुद्दाको छानबिन नगर्ने अख्तियारका प्रमुखदेखि कालोबजारी गरेको अभियोग लागेका कम्पनीका मालिकासम्म छन् । शंकर ग्रुपको जगदम्बा स्टिल र यही परिवारको मंगला सिमेन्टमा कैफियत भेटिएपछि नापतौल तथा गुणस्तर विभागले कारबाही गरेको छ । तर यही समूहका मालिक शंकर अग्रवाल भने संविधान दिवसमा प्रबल जनसेवा श्री (चतुर्थ)बाट विभूषित भए ।

गत भदौ ३० गते जगदम्बा स्टिल्स कम्पनीले उत्पादन गर्ने १६ एमएमको फलामे छडको इजाजत नै रद्द भएको छ । सोही लटमा उत्पादन भएको ३ सय टन छडको बिक्रीमा पनि विभागले रोक लगाएको छ । तर यसैका मालिक भने संविधान दिवसका दिन पदवी थापेर सम्मानित भए ।

ठगीका श्रृङ्खला

शंकर अग्रवालका जेठा छोरा सुलभ अग्रवाल लकडाउनका समयमा थर्मल गनमा कालोबजारी गर्दैगर्दा रंगेहात समातिएका थिए । जगदम्बा स्टिल्सका सञ्चालक पनि रहेका अग्रवाल ६७ थान थर्मलगतसहित समातिएका थिए । प्रतिगोटा ३ हजार पर्नेे थर्मल गन १५ हजार रुपियाँमा बेचेको आरोपमा पक्राउ परेका अग्रवालमाथि अहिले पनि जिल्ला अदालत काठमाडौँमा मुद्दा विचाराधीन छ । यही प्रकरणमा सम्पत्ति शुद्धीकरण विभागले पनि चासो दिएर शंकर गु्रपका सबै कम्पनी तथा उसको सबै लगानीमाथि नै अनुसन्धान गरिरहेको छ ।

२०६८ सालमा पनि भ्याट छलीको मुद्दा लागेको शंकर ग्रुपले त्यतिबेला मोटो रकम घुस खुवाएर सफाइ पाएको आरोप अहिले पनि लाग्दै आएको छ । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फेडरमा सबैभन्दा बढी शुल्क भुक्तानी गर्न बाँकी कम्पनीको पहिलो नम्बरमा शंकर ग्रुप पर्छ । 

काठमाडौँको नक्सालस्थित हिल्टन होटेल बनाउँदा बाटो नै भासिएपछि महिनौसम्म बाटो बन्द भएको थियो । तर यस्ता कयौँ बदमाशीको आरोप खेपेको, कालोबजारीमा रंगेहात समातिएको र भ्याट छली जस्तो मुद्दा लागेको कम्पनीको मालिकलाई नै सरकारले राष्ट्रिय दिवसमा विभूषित गरेपछि विभूषणको गरिमा नै गिरेको जानकारहरु बताउँछन् ।

विभूषण ऐन २०६४ अनुसा विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तिलाई सरकारले कदर तथा सम्मानस्वरूप मानपदवी, अलंकार तथा पदकजस्ता विभूषण (तक्मा) प्रदान गर्नुपर्ने प्रावधान छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved