प्रतिबन्धित नेटवर्किङ भन्दा के फरक छ बस्तुको प्रत्यक्ष बिक्रि वितरण ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 05, 2020 | 03:45:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बस्तुको प्रत्यक्ष बिक्रि गर्नलाई अनुमती दिने काम अगाडी बढाएसंगै यसलाई नेटवर्किङसँग जोडेर आलोचना गरिएको छ। विवाद बढेपछि मिनी संसदका रुपमा लिईने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा यस बिषयमा बहस चल्यो। 

बस्तुको प्रत्यक्ष बिकी गर्नलाई सरकारले अनुमती किन दियो भन्ने बिषयमा अध्ययन गर्नलाई समितिले निर्देशन दिएको छ। समितिले पुर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेको संयोजकत्वमा अध्ययन उपसमिति बनाएको छ. उपसमितिमा प्रकाश रसाइली स्नेही, अमृता अग्रहरी, कृष्ण कुमार श्रेष्ठ र सरिता गिरी छन् ।

बस्तुको प्रत्यक्ष बिक्रिका लागि अनुमती दिने प्रकृया विवादी किन बन्यो भन्ने बहसको बिषय बनेको छ। कसैले फरक नाम दिएर पुरानै नेटवर्किङ व्यवसाय थालिएको आरोप लगाएका छन् भने केहिले कानुनले पहिले नै डामेका मान्छेको संलग्नता हुनु नै गलत भएको बताएका छन्। 

मानिसहरुमा अझैं पनि नेटवर्किङ व्यवसायप्रति नकारात्मक धारणा रहेकाले बस्तुको प्रत्यक्ष बिक्रि गर्नलाई अनुमती दिने सरकारको निर्णय विवादित बन्न पुगेको जानकारहरु बताउँछन्। 

प्रत्यक्ष बिक्रि, पिरामिड शैली र नेटवर्किङ लाई लिएर मानिसहरु अन्यौल भएको देखिन्छ। नेटवर्किङ आफैंमा गलत शब्द होइन तर पिरामिड शैलीको नेटवर्किङ भयो भने गलत हुन्छ। नेटवर्किङ भनेको सम्बन्ध र सम्पर्क हो र यो आफैंमा राम्रो हो तर पिरामिड वालाहरुले नेटवर्किङ भन्ने शब्द प्रयोग गरिदिनाले यसले नकारात्मक पहिचान बनायो। 

के हो पिरामिड 

पिरामिडमा प्रत्येक सदस्यले अर्को दुई सदस्य बनाउने र आम्दानी बढाउँनलाई संजाल बिस्तार गर्दै लैजाने हुन्छ। बिक्रि गर्ने सामानमा छुट पाउन अर्को दुई जना सदस्य बनाउनुपर्ने बाध्यकारी व्यवस्था पिरामिड शैलीको व्यवसायमा हुन्छ। यो अभ्यास विश्वका १०० भन्दा बढी देशमा देखिन्छ। नेपालमा यस्तो गर्नेमा यसअघि युनिटी, हर्बो, गोल्डकोष्ट, बिबिटी थिए।  यी सबैलाई २०७४ सालमा बस्तुको प्रत्यक्ष बिक्रि व्यवस्थापन तथा नियमन ऐन २०७४ र नियमावली २०७६ ले प्रतिबन्ध लगाएको छ। त्यसैले अहिले पिरामिड शैलीको व्यपार नेपालमा प्रतिबन्ध छ। 

प्रत्यक्ष बिक्रि 

सामान्य बजारमा पाइने भन्दा फरक र विशिष्ट शैली भएका, प्रकृति बेश भएका, सिमित उत्पादन, अध्ययन तथा उत्पादन लागत बढी भएका उत्पादन  रिठाबाट बन्ने साबुन, तुलसीको थोपाबाट बन्ने साबुन,  बिक्रि गर्नलाई प्रत्यक्ष बिकीको आवश्यकता पर्ने भएकाले यसका लागि बस्तुको प्रत्यक्ष बिक्रि अपरिहार्य भएको हो। 

जस्तो लक्स साबुन बिक्रि गर्नलाई कुनै थप जनशक्ती नचाहिने र यसको प्रचार प्रसार तथा प्रवर्दन स्वयम कम्पनीले गरिदिने भएकाले यसमा बस्तुको प्रत्यक्ष बिक्रि लागू हुने भएन। तर रिठ्ठाबाट बनेका विशिष्ट किसिमका साबुन बिक्रि गर्न स्वयं बिक्रि कर्ताले नै ग्राहकलाई भेटेर यो उत्पादन बारे जानकारी दिनुपर्ने हुन्छ त्यसैले यसका लागि बस्तुको प्रत्यक्ष बिक्रिको आवश्यक पर्छ। 

भाटभटेनी वा यहि प्रकारका पसलमा लक्स साबुन राखिदिए पुग्छ, त्यो ग्राहक आफैंले खोजि खोजि किन्छन। तर रिठ्ठा साबुन स्वास्थ्य को लागि पनि राम्रो छ, उपयोगी पनि, तुलनात्मक रुपमा महँगो पनि छ तर यसबारे जानकारी धेरैलाई छैन। त्यहि भएर बस्तुको प्रत्यक्ष बिक्रि यस्ता उत्पादनका लागि आवश्यक परेको हो। 

बस्तुको प्रत्यक्ष बिक्रि प्रणाली मार्फत रिठ्ठाको यो साबुन बिक्रि गर्दा बिक्रि गर्ने मात्र सदस्य बन्नुपर्छ तर खरिदकर्ता सदस्य बन्नु पर्दैन। बिक्रिपछि पनि सामानमा कुनै कैफियत भेटीए तोकिएको समयभित्र फिर्ता भए कम्पनीले फिर्ता गरिदिन्छ। यसमा प्रत्यक्ष बिक्रेता र उपभोक्ता भेट हुन्छन र बिक्रि गर्नलाई यसमा बिक्रेताको थप समय र अन्य कुरा लगानी हुन्छ । यस्तो अभ्यास विश्वका २०० बढी देशमा छ। 

बस्तुको प्रत्यक्ष बिक्रिका फाइदा 

बस्तुको प्रत्यक्ष बिक्रि हुँदा रोजगारी बढ्ने, राज्यलाई राजश्व बढी उठ्ने, स्वदेशी बस्तु तथा उत्पादन प्रयोग हुने, प्रत्यक्ष बिक्रि गर्दा चेन सप्लाई कम हुने भएकाले उपभोक्तालाई सस्तो र बिक्रेतालाई फाइदा बढी हुने लगायतका फाइदा देखिन्छन। 

नेपालजस्तो जडिबुटीयुक्त देशमा बस्तुको प्रत्यक्ष बिक्रि प्रणाली उत्कृष्ट अभ्यास हो।  विशिष्ट बस्तु बिक्रिका लागि धेरै जनशक्ती आवश्यक पर्ने भएकाले नेपाल जस्तो जनशक्ती उपलब्ध देशमा यो अत्यन्त बढी हितकार हुन्छ। अर्को तर्फ नेपालमै उत्पादन भएको सामानको बिक्रि बढ्दा यसले नेपालको राजश्व मात्र बढ्ने नभई नेपालको आम्दानी नेपालमै रहन्छ भने नेपाललाई आत्मनिर्भर तर्फ लैजान्छ। त्यसैले नेपालका लागि बस्तुको प्रत्यक्ष बिक्रिको खाँचो छ र यसलाई व्यवस्थित हिसाबले अगाडी लैजानु पर्छ। 

बस्तुको प्रत्यक्ष बिक्रिमा गर्न नपाइने 

दफा ११ मा बस्तुको प्रत्यक्ष बिक्रिका लागि सदस्यता लिन नपाउने, सामान फिर्ता लिनुपर्ने, बन्डलिंग गर्न नपाइने, ५० प्रतिशत भन्दा बढी विदेशी बस्तु बेच्न नपाइने, सामान दिनुभन्दा अघि पैसा लिन नपाइने, सामानको अलैकिक व्याख्या गर्न नपाइने, पिरामिड शैलीमा बेच्न नपाइने, बेच्ने तरिका प्रत्यक्ष बिक्रि हुनुपर्ने उल्लेख छ। 

बिक्रिका तरिका 

बस्तुको प्रत्यक्ष बिक्रिमा उपभोक्ताको हातसम्म सामान आइपुग्दा उत्पादक, वितरक र बिक्रेता गरि ३ वटा मात्र लेयर हुन्छ। यसले गर्दा सामानको लागत धेरै नै कम हुन्छ र बिक्रेता धेरै हुन्छन।  साना साना आम्दानी गर्ने तथा स्वरोजगार हुनेको संख्या पनि धेरै हुन्छ।  

यहाँ पसलको ठाउँमा बिक्रेता हुन्छन र बिक्रेता भनेको व्यक्ति नै हुन्छ। तर उसले सेवा केन्द्र स्थापना गरि सबैलाई एक ठाउँमा राखेर आफ्नो बस्तुको बारेमा जानकारी दिन सक्छ। उपभोक्ता बिक्रेता बन्न सक्छ तर बिक्रेता अर्को बिक्रेता मातहत रहदैन, उ स्वत: वितरक मातहतको विक्रेता हुन्छ।  

तर पसल वा मार्ट जस्ता पसलबाट बिक्रि हुने सामान्य सामानमा उपभोक्तासम्म सामान आइपुग्दा उत्पादक, अन्तराष्ट्रिय वितरक, राष्ट्रिय वितरक, क्षेत्रीय वितरक, स्थानीय वितरक, होलसेल, रिटेलर (पसल वा मार्ट) गरि ८ लेयर हुन्छ। जहाँ प्रत्येक लेयरमा २० प्रतिशत फाइदा छुट्याउदा उपभोक्ताले बजार मुल्यमा खरिद गर्दा १६० प्रतिशत बढी मुल्य तिर्न बाध्य हुन्छ। 

प्रबन्धित नेटवर्किङ चलाएकैलाई अनुमति किन ?

प्रतिबन्धित नेटवर्किङ चलाएका व्यक्तिहरु पनि आज बस्तुको प्रत्यक्ष बिक्रि गर्नलाई लाइसेन्स पाएपछि यो विवादमा तानिएको हो। तर ब्यापार र यसको शैलीमा कुनै विवाद छैन। अहिले ७ वटा कम्पनीले बस्तुको प्रत्यक्ष बिक्रि गर्नलाई अनुमती लिएका छन्।  

(बस्तुको प्रत्यक्ष बिक्री प्रणाली विज्ञ सदस्य डिमप्रसाद पौडेलसँगको कुराकानीमा आधारित)


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved