शंकर ग्रुपको जगदम्बा स्टिल्स कम्पनीले उत्पादन गरेका फलामे डण्डी गुणस्तरहीन भेटिएपछि गुणस्तर विभागको निर्देशन अनुसार कम्पनीले बजारबाट केही उत्पादन फिर्ता गरेको छ । गुणस्तर विभागले उत्पादन इजाजत रोक्दै बजारमा गईसकेको सामान तुरुन्त फिर्ता गर्न निर्देशन दिएको थियो।
कम्पनीले बजारबाट १६ एमएमका २० टन डण्डी फिर्ता गरेको जानकारी विभागमा पठाएको छ। कम्पनीले केही दिनअघि विज्ञप्ति जारी गरेरै १६ मिमि एफइ–५०० ग्रेडका डण्डीहरु बजारबाट फिर्ता गरिएको औपचारिक जानकारी दिएको छ । विभागले दिएको जानकारी अनुसार कम्पनीले बजारबाट फिर्ता गरेका २० टन डण्डी नष्ट पनि गरिसकिएको छ।
शंकर ग्रुपको गल्ती लुकाउने दाउः फलामे रडको ‘ग्यारेन्टी’ देखि घरको बीमासम्म
बजारमा कति गएको थियो ?
कम्पनीले विभागलाई दिएको अनौपचारिक जानकारी अनुसार कम्पनीले यो लटमा उत्पादन भएका ५० टन डण्डी बजारमा पठाएको थियो । त्यसमध्ये २० टन बिक्रि हुन बाँकी फिर्ता लिएको जानकारी कम्पनीले विभागमा पठाएको छ । अब विभागले बजारमा पठाउन बाँकी स्टक कति थियो भन्नेबारे अनुसन्धान गर्दैछ ।
हातैले भाँचियो जगदम्बाको डण्डी, यसरी ठगिए बालाजुका श्रीकृष्ण (भिडियोसहित)
‘कम्पनीले २० टन डण्डी बजारबाट फिर्ता लिएको छ, यो फिर्ता लिएको जति हाम्रै रोहबरमा नष्ट पनि गरिसकिएको छ’ विभागका महानिर्देशक बिश्वबाबु पुडासैनीले भने, ‘हामीले उसको स्टक कति थियो भनेर यकिन गर्न टोलि पठाएका छौँ, टोलीले यकिन गरेपछि त्यो पनि नष्ट गर्छौँ ।’
कम्पनीले विभागमा दिएको जानकारी अनुसार बजारमा गएको ५० टनमध्ये ३० टन उपभोक्ताले प्रयोग गरिसकेका छन्।
जगदम्बा स्टिल प्रकरण नसेलाउँदै बाहिरियो अग्रवाल परिवारको अर्को बदमाशी
कसले ब्यहोर्छ डेढ दर्जन घर ?
जगदम्बा स्टिल्स कम्पनीले कमसल निर्माण सामग्री उत्पादन गर्दा त्यो सागम्री प्रयोग गरेर घर निर्माण गरेका उपभोक्ताहरुले कसरी क्षतिपूर्ति पाउँछन् भन्ने प्रश्न उब्जिएको छ । आफू ठगिएको वा आफूले घर निर्माण गर्दा प्रयोग गरेका फलामे छड कमसल पर्यो भन्ने शंका लागेका व्यक्तिबाट उजुरी आएपछि मात्रै सुरुमा परीक्षण र त्यसपछि मात्रै क्षतिपुर्तिको प्रक्रियामा जान सकिने विभागले जनाएको छ ।
‘हामीले स्याम्पल संकलन गरेर परीक्षण गर्दा होस् वा उजुरी परेपछि गरिने परीक्षणमा होस्, हामीले गर्ने भनेको कम्पनीलाई कारबाही, उत्पादन इजाजत रद्द, रद्द हुँदाको बखतमा बजारमा त्यही सामान भेटे इजाजत खारेज जस्ता काम मात्रै हो’ विभागका एक अधिकारीले भने, ‘क्षतिपुर्ति भराउने हामीले होइन, कुनै व्यक्तिले क्षतिपुर्ति पनि दाबी गरेमा हामी वाणिज्य विभागमा पत्र पठाउँछौँ, उसैले बाँकी काम गर्छ ।’
उपभोक्ता ठगी गर्ने शंकर ग्रुपका मालिकलाई संविधान दिवसमा तक्मा
जगदम्बाको दाबि अनुसार पनि ३० टन कमसल रड प्रयोग भईसकेको छ। सामान्यतया, २ तल्लाको एउटा घर निर्माण गर्दा १.५ टन रड लाग्ने गर्दछ । यसको आधारमा हिसाब गर्दा जगदम्बाले उत्पादन गरेका गुणस्तरहीन फलामे रड प्रयोग गरेर १८ देखि २० घर निर्माण भएको देखिन्छ ।
‘कसैले २ तल्लाको बनाउँछन्, कसैले ३ तल्लाको बनाउँछन्’ एक ठेकेदारले भने, ‘१६ एमएमको साना रड प्रयोग हुने भनेकै साना घरहरुमा मात्रै हो, सामान्य अवस्थामा २ तल्लाको घर बनाउँदा २ टन जति यस्ता रड खपत हुन्छ ।’
कम्पनीले विभागमा उजुरी दिएका बालाजु बोहोराटारका श्रीकृष्ण भट्टराईलाई भने रडको ५ लाख नगद फिर्ता गरेको छ । यसबाहेक घरको १० वर्षको बीमा र रडको ‘लाइफटाइम’ ग्यारेन्टी पनि लिइदिएको छ। तर गुणस्तरहीन फलामे रड प्रयोग गरेर बनेका १८ देखि २० वटा घर अझैं जोखिममा छन्।
यो पनि:
जगदम्बा स्टिल प्रकरण नसेलाउँदै बाहिरियो अग्रवाल परिवारको अर्को बदमाशी