भन्सार बिन्दु नै सुनसान, खल्लो हुँदै दशैँ !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2020 | 01:17:54 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ नजिकिएपनि दशैँ लक्षित बजार भने सुनसान देखिएका छन् । लकडाउनको क्रममा काठमाडौँबाट घर फर्किएकाहरु पुनः काठमाडौँ आउन नसकेको र लाखौको रोजगारी गुमेका कारण काठमाडौँ सहितका मुख्य शहरमा दशैँको रौनकता देखिएको छैन ।

उत्तरतर्फको तातोपानी खुलेपछि केही हौसिएका व्यवसायी नाका पुनः बन्द भएपनि निराश बनेका छन् । सात जना कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सोमबारदेखि खुलेको नाका मंगलबारदेखि पुनः बन्द भएको  छ । चीनतर्फ सामग्री लोड अनलोड गर्न गएका ३३ मजदूरमा गरिएको कोरोना परीक्षणका क्रममा ७ जनामा संक्रमण पुष्टि भएपछि चीनले एकतर्फी रुपमा नाका बन्द गराएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिएका छन् । 

यसअघि पनि तीन महिना बन्द भएर सोमबारबाट सामान्य सञ्चालनमा आएको नाका खुलेको एक दिनमै फेरि बन्द भयो । नाका बन्द हुँदा दशै लक्षित आयात ठप्प हुने भएको छ । तत्काललाई एक साताको लागि नाका बन्द भनिएपनि आगामी सोमबारबाट नाका खुल्नेमा व्यवसायीले आशंका गरेका छन् ।

खासा र न्यालममा अड्किएका १ सय ५० बढी कन्टेनर सामग्री दशैँ अघि नै काठमाडौँ ल्याईपुर्याउने लक्ष्य अनुसार असोज १३ गते नेपाल र चीनका अधिकारीबीच कोरोना नियन्त्रण गर्ने शर्तमा नाका खुलाउने सहमति भएको थियो । सहमति अनुसार भएको आयातमा आइतबार रातीदेखि सोमबार बिहानसम्म खासाबाट लत्ताकपडा, तयारी पोशाकसहित केही अन्य तयारी सामग्री बोकेका १२ कन्टेनर तातोपानी आईपुगेका थिए ।

भन्सार बिन्दुहरु सुनसान

विगत वर्षहरुमा भन्सार नाकामा यतिबेला ट्रकहरु लामबद्ध हुन्थे । तर, अहिले मुख्य भन्सार कार्यालयहरु नै सुनसान अवस्थामा छन् । लकडाउन खुलेपनि दशैँ लक्षित आयात भने हुने क्रम एकदमै सुस्त रहेको व्यवसायीहरु बताउँछन् ।

आइतबारबाट केही मात्रामा दशैंकै लागि भनेर सामानहरु आउन थालेपनि गतवर्षको तुलनामा ९५ प्रतिशत कमी रहेको विभागका अधिकारीहरु बताउँछन् । 

‘विगतमा साउन अन्तिमबाटै दशैँका लागि सामान बोकेर आएका गाडीहरुको भिडभाड अत्याधिक हुन्थ्यो, अहिले त असोजसम्म पनि त्यस्तो देखिएन’ विभागका एक अधिकारीले भने, ‘निषेधाज्ञा खुकुलो भएपछि केही चाप बढ्छ की भन्ने अपेक्षा थियो, तर त्यो अपेक्षा पनि पूरा भएन ।’

अहिले उत्तरी नाका केरुङबाट भने दैनिक १० कन्टेनर सामान आयात भईरहेको भन्सार विभागले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved