विशाल ग्रुपको दादागिरी, नेपाल फर्कनेलाई रेडलेवल ल्याउन रोक

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 11, 2020 | 03:21:52 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिले विदेशबाट आउने नेपालीले एक बोतल मात्रै मदिरा ल्याउन पाउँछन् । यति एमएलसम्म ल्याउन पाउने भनेर तोकेर मदिरा ल्याउन पाउने यसअघिको नियम अहिले छैन । त्यसैले विदेशबाट मदिरा ल्याउन मानिसहरु डराउन थालेका छन् । बढी ल्याएको भेटे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गर्ने गर्दछ । यसरी जफत गरिएको मदिरा बिक्रि प्रयोजनका लागि बोलकबोलमा लिलामी गर्ने गरिन्छ ।

तर, लिलामीमा भने भाग लिने फर्महरुले नै असन्तुष्टि जनाउने गरेका छन् । विदेशबाट आउने व्यक्तिबाट एक दुई बोतल जफत गरिएको हुने र जोबाट जफत गरिएको हो उसलाई एउटा चीट (कागजमा जफत भएको भनेर लेखिएको) दिने गरिन्छ । तर त्यो व्यक्ति चीट लिएर देशको कुन कुनामा पुगिसकेको हुन्छ, उ एक बोतल रक्सीका लागि पुनः फर्केर आउने कुरा हुँदैन ।

विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्ण एक बोतल मात्रै ल्याउन पाउने र त्यो भन्दा बढी ल्याए विमानस्थलको भन्सार कार्यालयले जफत गर्ने बताउँछन् । 

लिलामी कसरी ?

विमानस्थल भन्सार कार्यालयका अनुसार जफत भएको मदिरा २ देखि ३ सय लिटरसम्म संकलन भएपछि लिलाम गर्ने गरिन्छ । भण्डार क्षमता र मदिराको उपभोग्य मितिका आधारमा लिलामी प्रक्रियामा जाने गरिएको विमानस्थल भन्सार कार्यालयका अधिकृत राजकुमार अधिकारी बताउँछन् ।

लिलामीका लागि सुरुमा दरभाउ पत्र माग गरिने र आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको अन्तशुल्क तिर्ने फर्मले मात्रै दरभाउ पत्र बुझाउन सक्ने व्यवस्था छ । 

‘यहाँ व्यक्तिले आवेदन दिने कुरा आउँदैन, किनकी यहाँ जफत गरिएका सबै मदिरा बिक्रि प्रयोजनका लागि लिलामी गरिने भएकाले अन्तशुल्कमा दर्ता भएको फर्मले मात्रै भाग लिन पाउँछ’ अधिकारीले भने । 

भन्सार कार्यालयले न्युनतम मूल्य राखेर बढाबढमा मदिरा लिलाम गर्छ । गत वर्षको फागुनमा भन्सारले मदिरालाई बिक्रिको सूचना जारी गरेको थियो । ६ हजार बोतल मदिरालाई १० लटमा छुट्याएर बिक्रिका लागि दरभाउ पत्र आह्वान भएको थियो ।

बिग्रेको रक्सी धेरै

राजश्वको लक्ष्य भेट्न मुस्किल भएपछि सरकारले विमानस्थललाई पनि राजश्व उठाउने थालोका रुपमा लिएको अधिकारीहरु बताउँछन् । मदिरा र सुनको आयात कम गर्न सरकारले विमानस्थल भन्सार कार्यालयमा कडाइ गर्ने नीति लिए अनुरुप अहिले विदेशबाट मदिरा बोकर फर्किनेहरु घटेको भन्सार अधिकृत अधिकारीको अनुभव छ ।

तर, जति पनि रक्सी बरामद गरिएको हुन्छ, तीनको भण्डारण गर्ने तरिका राम्रो नहुँदा लिलामीबाट लिए पनि बिक्रि गर्न गाह्रो हुने केटिएम सप्लायर्सका मालिक गणेश बहादुर कटुवाल बताउँछन् । गत फागुन तिर विमानस्थल भन्सार कार्यालयबाट ६ हजार बोतल विदेशी मदिरा उठाएका उनले कहिल्यै नदेखेका रक्सी पनि लगे । 

‘मैले उनीहरुले तोकेको भन्दा १२ प्रतिशत मूल्य बढाएर दरभाउपत्र पेश गरेको थिएँ’ कटुवालले भने, ‘टेण्डर पाएँ भनेर मख्ख पर्नुपर्ने कुनै कारण नै थिएन, किनकी चामल चिनि राखेजसरी बोरामा राखेर भण्डारण गरिएको रक्सी सबै उठाउनु पर्ने थियो, केही केही बिर्के खुलेर पोखिएका थिए, केही बोतल नै फुटेका थिए ।’ 

६ हजार बोतल भनेर लगेका उनले केही सय बोतल भने फुटेको भेटे । तर, नउठाई उनलाई सुख थिएन । 

‘यसपाली कोरोनाले गर्दा स्टक नभएका कारण उठाउने सोचेर टेण्डरमा गएको, पहलिा त यस्तो गरेको थिईन, स्टक हुन्थ्यो’ उनले भने, ‘अब टेण्डरमा भाग लिईसकेपछि सबै उठानै पर्यो, उहाँहरुले भनेजति अलिकति नपुगेकै हो ।’

विशाल ग्रुप यसरी जोडियो

अहिले विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउनेले रेडलेवल बोकेर आए सिँधै जफत गर्दै आएको छ । गत वर्ष राजश्व लक्ष्यमा समस्या आउने देखाएर सरकारले २०७३ साल साउन १ गतेदेखि जारी भएको ‘निजी गुण्टा, झिटी भारी’ निर्देशिका नै जारी गरेर विशाल ग्रुपसँग मिलेर विमानस्थल भन्सारमा कडाई गर्न थालेको स्रोतको दाबी छ ।

नेपालमा रेडलेवको डिट्रीव्युटर विशाल ग्रुपको ग्लोबल ट्रेडिङ कन्सन रहेको पाईएको छ । विदेशबाट नेपाल आउने यात्रु आफैँले रेडलेवल बोकेर आउँदा आफ्नो व्यवसाय खस्किने भएपछि विशाल ग्रुपले विमानस्थल भन्सारबाट रेडलेवलको प्रवेश नगराउन सरकारलाई अनुरोध गरेको र सोही अनुसार निर्णय भएको विश्वस्त स्रोतले जनाएको छ ।

अन्य रक्सीहरु पनि जफत पछि लिलामीको समयमा विशाल ग्रुपले नै सस्तोमा लिने गरेको पनि भन्सार कार्यालय स्रोतको दाबी छ । विमानस्थल भन्सार कार्यालयले पछिल्लो पटक गरेको लिलामीमा पनि छुट्टै लटमा राखेर सय बोतल भनिएको रेडलेवल जम्मा २० बोतल मात्रै सकुशल पाईएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved