नसकिने भयो सरकारी कर्मचारीसँग, अब मान्छे मात्र होइन डकुमेन्ट पनि क्वारेन्टाइन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 07:19:05 PM मा प्रकाशित

कागजात तथा फाइलहरु पनि क्वारेन्टाइन मा राख्नुपर्ने आन्तरिक राजश्व विभागको व्यवस्थाले सेवाग्राहीले दुख पाएका छन्। कोभिड १९ को यो महामारीमा कोरोना भाइरसको संक्रमणबाट बच्न तथा बचाउनका लागि सरकारकै अन्य निकायले आफ्नो सेवालाई अनलाइन मार्फत दिईरहेका बेला विभागको यस्तो व्यवस्थाले भने सेवाग्राहीले हैरानी भोगेका छन्। 

कुनै पनि निवेदन तथा डकुमेन्टलाई तीन दिनसम्म क्वारेन्टाइनमा राखेपछि मात्र कारवाही अगाडी बढाउने निर्णय भएकाले यस्तो गरिएको त्रिपुरेश्वरस्थित आन्तरिक राजश्व कार्यलयका कर्मचारीले बताएका छन्। कुनै पनि डकुमेन्ट तथा कागजातलाई तीन दिनसम्म क्वारेन्टाइनमा राखेपछि मात्र त्यसको प्रकृया अगाडी बढ्ने त्रिपुरेश्वर स्थित कार्यलयका काउन्टर नम्बर ६ का कर्मचारीले बताए। 

तीन दिनसम्म क्वारेन्टाइनमा राख्न ठिक्क पारिएका निबेदन तथा फाइलहरु


आन्तरिक राजश्व विभागका महानिर्देशक बिनोद  बहादुर कुवँरले तीन दिनसम्म डकुमेन्ट क्वारेन्टाइनमा राख्नुपर्ने भन्ने कुनै निर्देशन नभएको बताउँदै  सम्बन्धित कार्यलयले आफु अनुकुल निर्णय गरेको हुन सक्ने बिजपाटीलाई बताए। 

३ दिनसम्म फाइल क्वारेन्टाइनमा राख्दा सेवाग्राही मारमा पर्नेबारे विभागले किन नसोचेको भन्ने प्रश्नमा महानिर्देशक कुवंरले यसबारे जानकारी लिएर मात्र आफुले बोल्ने भन्दै थप कुराकानी गर्नलाई अस्विकार गरे। 

बैंकहरुले पैसालाई स्यानीटाईज गरेर भएपनि नोट सटही सुविधा दिईरहेको तथा सरकारकै अन्य निकायले अनलाइन मार्फत आफ्नो सेवा दिइरहेको बेला विभागको यस प्रकारको सेवाले दैनिक हजारौं सेवाग्राही मारमा परेका छन्। 

दशैं अगाडी नै आफ्नो अति आवश्यक काम सक्नुपर्ने र त्यसका लागि करचुक्ता सर्टिफिकेट चाहिने भएकाले निबेदन दिएका सेवाग्राहीलाई ३ दिनसम्म निबेदन क्वारेन्टाइनमा राख्नुपर्ने भन्दै दशैंपछि मात्र आउँनलाई विभागले भनेको हो। कात्तिक ३ गते सोमबारदेखि करचुक्ता सर्टिफिकेटका लागि प्रकृया सुरु गर्दा समेत विभागले दशैं पछि आउँनलाई भनेको ति सेवाग्राहीले बिजपाटीलाई बताए। 

आन्तरिक राजश्व कार्यलय त्रिपुरेश्वरमा सेवाग्राहीको 'भिड'

'एक दिनमै हुने काम अब ९ दिनसम्म नहुने भएको छ, सोमबारदेखि थालेको प्रकृया आज बुधबार सकिन्छ भन्ने आशमा थिए तर निबेदन ३ दिनसम्म क्वारेन्टाइनमा राख्नुपर्छ दशैंपछि मात्र आउनु भनेर विभागले फर्काउदा मारमा परेको छ' ति सेवाग्राहीले भने। 

त्रिपुरेश्वर स्थित आन्तरिक राजश्व कार्यालयले सेवाग्राहीलाई यसरी दुख दिएको यो नै पहिलो घटना भने होइन। यसअघि पनि पहिलो लकडाउनको अवधिमा बल्ल बल्ल विभाग पुग्ने सेवाग्राहीलाई विभागले पटक पटक विभाग धाउनलाई बाध्य बनाएको थियो। 

सेवाग्राही २ बजे पुग्दा पनि २ बजेपछि कुनै काम नहुने भन्दै विभागले कोरोनाको जोखिम मोलेर विभाग पुग्ने सेवाग्राहीलाई फिर्ता पठाउने गरेको थियो। त्यो बेलापनि विभागका महानिर्देशक कुवँरलाई बिजपाटीका प्रतिनिधिले  यस घटनाबारे जानकारी गराएको थियो। त्यसपछि महानिर्देशक कुवंरले विभागले दिने सेवाको समय र अवधिबारे सेवाग्राहीलाई पुर्व जानकारी दिने व्यवस्था मिलाएका थिए। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved