अब वियरको बोतलमा होइन, काटुर्नमै अन्तःशुल्क स्टिकर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2020 | 01:59:49 PM मा प्रकाशित

laxmi  sunrise bank

अब वियरको बोतलको सट्टा कार्टुनमा नै अन्तःशुल्क स्टिकर टाँसिने भएको छ । अन्तःशुल्क स्टिकरको भण्डारण सकिँदै गएपछि आन्तरिक राजस्व विभागले ३३० मिलिलिटर क्षमताको वियरको बोतलको सट्टा कार्टुनकै तल र माथि स्टिकर टाँस गर्ने निर्णय गरेको हो । विभागले कर कार्यालयलाई यसबारे परिपत्र गरिसकेको छ । 

आन्तरिक राजस्व विभागका अनुसार ७५० मिलिलिटरको बोतल र ५०० मिलिलिटरको क्यानमा भने बोटलमा नै स्टिकर टाँसिनेछ । विगत ३ वर्षदेखि वियरका बोतलमा नै स्टिकर टाँसिने गरेको भएपनि अब भने पूरानै अवस्थामा फर्किनुपर्ने बाध्यता रहेको विभागले बिजपाटीलाई जानकारी दिएको छ । कार्टुनमा नै स्टिकर टाँसिने नियम वियरबाहेकका अन्य मदिराको हकमा भने लागू हुने छैन ।

एक कार्टुनमा ११० रुपैयाँको अन्तशुल्क

सन् २०१६ मा इन्डोनेसियाको पेरुम पेरुरी कम्पनीले नेपालको अन्तःशुल्क स्टिकर छापेको थियो । त्यसपछि पुनः छपाईको काम गर्न आन्तरिक राजश्व विभागले ग्लोबल टेण्डर गरेपनि सर्वोच्चमा मुद्दा पर्दा छपाईको प्रक्रिया अगाडी बढ्न सकेको छैन । नेपाली कम्पनीले पनि अन्तःशुल्क स्टिकर छपाईको टेण्डरमा भाग लिन पाउने गरी मापदण्ड तय हुनुपर्ने भन्दै मिराज प्रिन्टिङ सोलुसनका निर्देशक मनोहरराज घिमिरे सर्वोच्च गएका थिए । सर्वोच्चले उक्त मुद्दामा सुनुवाई गर्दै सर्वोच्चले उक्त टेण्डर प्रक्रिया रोक्नका लागि अल्पकालिन आदेश दिएको छ ।

विभागले यसअघि ल्याईएका स्टिकरको स्टक सकिन थालेको र नयाँ छपाइ पनि गर्न नसकिएका कारण वियरको बोतलको सट्टा कार्टुनमा नै अन्तःशुल्क स्टिकर टाँस्ने निर्णय गरेको हो । नेपालमा ३३० मि.लि. को बोतलमा वियर बजारमा ल्याउने ब्राण्डहरुमा नमस्ते, गोर्खा, बाह्रसिङ्गे लगायत छन् । यस्ता वियर एक कार्टुनमा २४ बोतल हुन्छ । एक कार्टुनको २४ वटै बोतलमा अन्तःशुल्क स्टिकर टाँस गर्दा १ हजार ३२० रुपैयाँ बराबरका स्टिकर खपत हुन्थ्यो । तर अब कार्टुनमा नै स्टिकर टाँस गर्दा ११० रुपैयाँको स्टिकरले नै पुग्ने विभागको भनाई छ । एउटा अन्तःशुल्क स्टिकरको मूल्य ५५ रूपैयाँ पर्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved